Shikhar Insurance

पवन खड्का बने सुर्या लाइफको सिईओ, कम्पनीलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १६:१८
NIMB
Nabil Bank

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । खड्कालाई सिईओ बनाउने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति दिएसँगथै उनी सिईओ बन्ने सुनिश्चित भएको हो । खड्का चार्टर्ड एकान्टेन्ट हुन् ।

खड्कालाई कम्पनीले आगामी चार वर्षका लागि सिईओ नियुक्त गर्ने निर्णय गरि स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो । समितिले खड्कालाई सिईओ बनाउने प्रस्तावमा सहमति दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यस अघि खड्का सुर्या लाइफमै निमित्त सिईओको जिम्मेवारीमा थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सुरुमा शिक्षणमा पेशमा संलग्न रहेका खड्काले केहि समय हाइड्रोपावर कम्पनीमा पनि काम गरेका थिए । सन २०१४ देखि सन २०१९ को अगष्टसम्म नेपाल लाइफमा काम गरेका उनी त्यसपछि केहि समय बिशाल सिमेन्टमा आवद्ध भएका थिए । २०७७ भदौमा सुर्या लाइफको डेपुटी जनरल मेनेजरको जिम्मेवारीमा आएका खड्का त्यसपछि डेपुटी सिईओ बनेका थिए ।

कम्पनीलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता

खड्काले आफ्नो नेतृत्वमा सुर्या लाइफलाई नयाँ उचाईमा पुर्याउने बताए । ‘केहि योजनासहित कम्पनीको सिईओ बनेको छु, बीमा क्षेत्रको भिष्मपितामहकै उपाधी पाउनु भएका विवेक झा जस्ता व्यक्तित्व सञ्चालक हुनुहुन्छ, अब सुर्या लाइफले नयाँ उचाई पाउँछ’, खड्काले भने । नियामकले तोकेका नियामकिय मापदण्ड पुरा गर्दै कर्मचारी, बीमित र लगानीकर्ताकै हित हुने गरि कम्पनीलाई अघि बढाउने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्