Shikhar Insurance

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कम्पनीहरुलाई छुट सुबिधा समय एक वर्ष थपिने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार ०८:४२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि कम्पनीहरुलाई छुट सुबिधा एक वर्ष समय थपिदिने भएको छ । बिहिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई भेटेर बैंकर्स संघका पदाधिकारीहरुले एक वर्ष समय थपिदिन र खाईपाई आएको सुबिधा कटौती नहुने सुनिश्चितता गरिदिन आग्रह गरेका थिए ।

कम्पनीहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय सिमा असार मसान्तसम्म तोकिएको थियो । सो अवधीमा सूचिकृत भएर योगदान गरेमा कम्पनीहरुलाई बिभिन्न सुबिधा उपलब्ध हुने थियो । अब भने त्यस्तो सुबिधा एक वर्ष थपिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सामाजिक सुरक्षा कोष सञ्चालन नियमावलीको दोश्रो संसोधनले वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ताहरुको जम्मा हुने आधारभूत पारिश्रमिको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकास सुबिधा योजनामा ८.३३ प्रतिशत समेत अवकास सुबिधा योजनामा हस्तान्तरण गर्न सकिने, अवसकास योजनामा जम्मा भएको रकम अवकास हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाइने र ८० प्रतिशतसम्म सापटीको रुपमा प्रयोग गर्न पाइने सुबिधा थियो । अब यो सुबिधा एक वर्षसम्म थपिने समझदारी बनेको हो ।

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएमा कोषले कम्पनीहरुले प्राप्त गर्ने सरकारी सुबिधा समेत रोक्का गर्न सक्ने अधिकार पाएको छ । कारवाहीसहितको त्यस्तो अधिकार आगामी एक वर्षसम्म प्रयोग नगर्ने सहमति नजिक पनि कोष र बैंकरहरु पुगेका छन् । यसबीचमा बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले खाईपाई आएको सुबिधा कटौती हुने गरि कोषमा आवद्ध नहुने अडान राख्दै आएको थिए ।

मन्त्री बिमल कुमार श्रीवास्तवलाई भेटेर फर्किएका एक बैंकरले दिएको जानकारी अनुसार सूचिकृत हुने समय २०७८ असार मसान्तबाट बढाएर २०७९ असारसम्म पुर्याइनेछ । सो एक वर्षको अवधीमा आवद्ध हुनुपर्ने कर्मचारीहरुका मागहरुको सम्बोधन गर्न आवश्यक प्रक्रिया पुरा गरिनेछ । ‘कोषमा आवद्ध हुने समयसिमा एक वर्ष थपिन्छ, त्यसरीले नै मोटामोटी समझदारी हुनेछ’, एक बैंकरले भने ।

कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले भने बैंकका कर्मचारीहरुको मागलाई अध्ययन गरेर छलफलबाट अघि बढ्ने बताए । ‘हामीले उहाँहरुको सुनेर नै कार्यविधि संसोधन गरेर अहिलेको जस्तो बनाएका हौं, थप केहि गर्नुपर्नेछ भने अझै आवश्यकताका आधारमा संसोधन गर्दै जानेछौं’, कार्यकारी निर्देशक ज्ञवालीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्