Shikhar Insurance

संस्थागत अभिकर्तालाई लाइसेन्स दिने निर्णयबाट पछि हट्दैनौंः बीमा समिति

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १६:४३
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले संस्थागत अभिकर्तालाई लाइसेन्स दिने आफ्नो कदमबाट पछि नहट्ने भएको छ । समितिले पेशागत बीमा अभिकर्ता संघको विज्ञिप्तमाथि गम्भीर ध्यानाकर्षण जनाउँदै आफ्नो कदममा दृढ रहने बताएको हो ।

बीमाको पहुँच विस्तार गर्न तथा बीमा अभिकर्ताको पेशागत क्षमता विस्तार गर्न संस्थागत अभिकर्तालाई लाइसेन्स दिनु उपयुक्त रहेको समितिको ठहर छ । यसरी लाइसेन्स दिइँदा कसैको रोजीरोटी गुम्नेभन्दा यो पेशा थप प्रतिस्पर्धी हुने र भुक्तानी प्रणाली थप सरल तथा सहज हुने समितिले बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले बीमा अभिकर्ता संघले सीमित व्यक्तिमात्र अभिर्कता हुनुपर्ने र आफ्नो एकाधीकार रहनुपर्नेमा पक्षपोषण गरेको पाइएको ठहर गरेको छ । उनीहरू बीमा पहुँच विस्तारमा बाधा पुर्‍याउने काममा लागेको आरोप समितिले लगाएको छ ।

यसर्थमा बीमा व्यवसायलाई थप व्यवस्थित र विश्वासिलो बनाउन संस्थागत अभिकर्तालाई लाइसेन्स दिइएको भन्दै समितिले यो निर्णयलाई अन्यथा नलिन भनेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्