Shikhar Insurance

बढ्दै करको दायरा, प्यान लिनेको संख्या ४० लाख ४३ हजार

सिंहदरबार संवाददाता
२०७८ असार ७, सोमबार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७ सय ९४ जनाले प्यान लिएका छन् ।

प्यान लिनेको सङ्ख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने सङ्ख्यामा बढोत्तरी भएको देखिन्छ । मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ रहेका छन् । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर नौ हजार १३४ पुगेको छ । मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ८८ हजार ७०८ पुगेको छ । उता, अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख ११ हजार ४९१ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्