Shikhar Insurance

अब १० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने (पूर्ण विवरण)

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार १४:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा कारोबारको संरचनालाई परिवर्तन गरेको छ । बोर्डले प्रि–ओपनिङको मार्जिन २ प्रतिशत र रकम मूल्यान्तर १० पैसामा झारे‍को हो ।

हाल प्रिओपनमा सेयरको मूल्य ५ प्रतिशत घटबढ गरेर खरिद बिक्रि अर्डर दिन मिल्छ भने नियमित अवधिमा चलिरहेको मूल्यमा २ प्रतिशतमात्र घटबढ गर्न मिल्छ । नयाँ व्यवस्थाअनुसार प्रि–ओपनिङमा हाल कायम रहेको ५ प्रतिशत मार्जिनलाई घटाएर २ प्रतिशतमा झारिएको हो ।
यस्तै धितोपत्र बजारमा सेयरको कारोबारमा अहिले १ रूपैयाँ परिवर्तन हुने गरेकामा अब १० पैसा परिवर्तन हुनेछ । त्यसैगरी खरिद तथा बिक्री अर्डर राख्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधनले गरेको व्यवस्था अनुसार उक्त सीमा परिवर्तन गरेको हो ।

यी व्यवस्थाले सेयर कारोबार थप लगानीमैत्री हुने बोर्डको दाबी छ ।

May be an image of text

 

GBIME

प्रतिक्रिया दिनुहोस्