Shikhar Insurance

महेश बस्नेतको प्रस्तावः संघीयता र धर्म निरपेक्षताको समिक्षा गरौं

सिंहदरबार संवाददाता
२०७८ असार १९, शनिबार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) ओली समुहको बैठकमा संघीयता र धर्म निरपेक्षता सम्बन्धी विषयले औपचारिक प्रवेश पाएको छ । ओली निकट युवा नेता महेश बस्नेतले संघीयता र धर्म निरपेक्षताबारे समिक्षा गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले बैठकमा संघीयता खारेज गर्नुपर्ने र धर्म निरपेक्षताबारे व्यापक बहस हुनुपर्ने धारणा राखेका हुन् । यस अघि पनि ओली निकट नेतृ निरु पालले संघीयता खारेज गर्नुपर्ने सार्वजनकि धारणा राखेकी थिइन् । नेतृ पालले संघीयता खारेजी सम्बन्धी साहशिक निर्णय ओलीले लिनुपर्ने सुझाव दिएकी थिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अब भने पार्टी बैठकमै संघीय खारेजी सम्बन्धी कुरा उठेको हो । नेता बस्नेतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आवश्यक रहेको धारणा पनि राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्