Shikhar Insurance

ओरालो बाटोमा सेयर बजार, नेप्से ५ अंकले ऋणात्मक बन्दा ४ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचक ५.२४ अंकले ऋणात्मक बन्दा ४ अर्ब २२ करोडको मात्र सेयर किनबेच भएको हो ।
परिसूचक हिजो दोहोरो अंकले घट्दा साढे ४ अर्बको सेयर किनबेच भएको थियो । यो साताको तीनै दिन नेप्से घटेको छ ।

नेप्से घटेको दिन कारोबारमा आएका १ सय ६ कम्पनीको सेयर मुल्य घटेको छ । बजारमा १ करोड १ लाख कित्ता मात्र सेयर किनबेच भए ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय बीमा कम्पनीको मूल्य प्रतिकित्ता १६ सय ९२ रूपैयाँले बढेर २२ हजार ५२ रूपैयाँ पुगेको छ । तर, कुनै पनि कम्पनीको मूल्य साढे ५ प्रतिशतभन्दा बढीले घटेनन् ।
सेयर बजार ओरालो लागेको दिन हिमालयन डिस्टिलरीको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्