Shikhar Insurance

बिष्णु पौडेल वालुवाटार गएपछि कार्यदलको बैठक बसेन, १० दिन देखि आलटाल मात्रै

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार २१:१०
NIMB
Nabil Bank

काठमाडौं । एमाले उप महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल बालुवाटार गएपछि एमाले एकता कार्यदलको बैठक रोकिएको छ । बिहिबार साँझ अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने भनिएको थियो । तर अर्थमन्त्री बिष्णु पौडेल मन्त्रिपरिषद बैठकका लागि भन्दै बालुवाटार गएपछि कार्यदल बैठक रोकिएको हो । कार्यदलका सदस्यहरुले शुक्रबार ११ बजे पुनः बैठक बस्ने मिति तय गरेको छ ।

विगत १० दिनदेखि निरन्तर छलफल भैरहेको तर ठोस उपलब्धि दिन नसकिएको माधव नेपाल समुहको वार्ता टोली सदस्य तथा पार्टी उप महासचिव घनश्याम भुषालले बताए । ‘हामी विगत १० दिनदेखि छलफलमा छौं तर केहि दिन सकिएको छैन, अब भोली फेरी बैठकमा बस्नेछौं’, उप महासचिव तथा कार्यदल सदस्य भुषालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्