Shikhar Insurance

ज्योतिषको परामर्शअनुसार बालुवाटार जाने देउवाको तयारी, पहिलो ४ महिना ‘कष्टकर’ हुने

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादर देउवा ज्योतिषीलाई हेराएर मात्र बालुवाटार जाने भएको छन् । देउवाले ज्योतिषको परामर्श लिएर मात्रै वालुवाटार प्रवेश गर्ने तयारी गरेका हुन् ।

देउवाले आज साँझ ६ बजे राष्ट्र्रपतिबाट पद तथा गोपनियताको सपथ लिँदैछन् । पदमुक्त प्रधानमन्त्री केपी ओलीले सरकारी निवास वालुवाटार भोलिमात्रै खालि गर्ने भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार अदालतको फैसलाअनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो । जहाँ कुन धारा अन्तर्गत नियुक्त गरिएको खुलाइएको छैन ।

देउवाले आजै प्रधानन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछन् ।

प्रधानमन्त्री देउवाका ज्योतिष निकै चर्चित छन् । उनले देउवालाई ७ पल्ट प्रधानमन्त्री बन्ने बताएका थिए । ०७४ कात्तिक ३० गते देउवाले आफूलाई ज्योतिषले ‘सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएको’ भनेका थिए ।

उनका ज्योतिषको नाम सुरेशचन्द्र रिजाल हो । नेपालमा पाँचपल्ट प्रधानमन्त्री बन्ने देउवा पहिलो व्यक्ति हुन् ।

देउवाले देउवाको यो कार्यकालको पहिलो ४ महिना कष्टकर बताइसकेका छन् । देउवाका लागि ठीक भएपनि देशका लागि ठीक नहुने उनको भनाइ छ । अहिले राजा र मन्त्री दुवैमा मंगल ग्रहको योग छ ।

यसअघि माघमै रिजालले अबको दिनमा देउवा प्रधानमन्त्री हुने बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्