Shikhar Insurance

बराल बनिन् नयाँ प्रधानमन्त्रीः पोखरेल राष्ट्रपति, तिवारी बने सभामुख

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार २१:५०
NIMB
Nabil Bank

काठमाडौं । मुलुकले नयाँ प्रधानमन्त्रीको रुपमा नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवालाई आज नियुक्त गरिरहेको दिन युवाहरुको प्रधानमन्त्रीमा स्मृति बराल चयन भएकी छन् । ‘सङ्घीय नमुना युवा संसद्’मा आज भएको मतदानमा कास्की पोखराकी २३ बर्षीया बराल प्रधानमन्त्रीमा चयन भएकी हुन् । उनी कुल मतको ५२ प्रतिशत ल्याई चयन भएकी राष्ट्रिय युवा परिषद्का श्यामकाजी खत्रीले जानकारी दिए ।

उनी आफ्नी निकटतम नेत्र बुढाथोकीलाई पराजित गर्दै नमुना युवा संसद्मा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । रामेछापका बुढाथोकीले ४८ प्रतिशत मत प्राप्त गरे । यसअघि २०७५ सालमा प्रधानमन्त्रीमा अशोक खनाल र २०७६ मा सञ्जीव न्यौपाने चयन भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै नमुना युवा संसद्ले राष्ट्रपतिमा रुपन्देहीकी २२ वर्षीया प्रकृति पोखरेलले निर्वाचित गरेको छ । आजै प्रधानमन्त्री नियुक्त भएका बरालले १० सदस्यीय मन्त्रिमण्डल विस्तार गरेकी छन् ।

अर्थमन्त्री निर श्रेष्ठ, गृहमन्त्री सुरेन्द्र गिरी, युवा तथा खेलकुद मन्त्री श्रद्धा कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रुपा कठायत, पर्यटन तथा वातावरण सफल पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि अमित माझी, संसदीय व्यवस्था तथा कानूनमन्त्री अनिल कुँवर, श्रम तथा रोजगारमन्त्री आशिष बाँस्तोला, मुख्य सचेतक खेम अवस्थी, सचेतक विद्या ढुङ्गाना र प्रमुख सचेतक अनिल भुसाल चयन भएका छन् ।

यसैगरी सभामुखमा सिन्धुपाञ्चोकका अभिषेक तिवारी, उपसभामुख आरती भट्टराई, ज्येष्ठ सदस्य नवीन पहाडी र संसदको प्रमुख प्रतिपक्ष दलको नेतामा रन्जन पौडेले चयन भएका छन् ।

राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सूसुचित गराउन सोमबारदेखि भर्चुअलमाध्यमबाट ‘सङ्घीय नमुना युवा संसद’ सञ्चालन गरेको छ । यसरी नमुना युवा संसदबाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलको नेता, सांसदको भूमिकामा चयन हुनु भएको युवालाई आज सङ्घीय नमुना संसद सभाको अभ्यासको बारेमा प्रशिक्षित गरिएको छ ।

उनीहरुलाई नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद सञ्चालन, संसदीय शब्दावली, लोकतन्त्रबारे रमेश पौडेल, प्रकाश उपाध्याय र लवप्रसाद गौतमले प्रशिक्षित गराउनु भएको छ र भोलि उनीहरुले आफैं संसद् सञ्चालन गर्नेछन् ।

१६ देखि २४ वर्ष उमेरसमूहका ८० युवालाई संसदीय प्रणालीबारे जानकारी गराएर आजदेखि भर्चुअल माध्यम रुपमा सङ्घीय नमुना युवा संसदको अभ्यास गर्दै छन् ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको बताए । उनले युवालाई कानून, संविधान, सम्यताको ज्ञान र स्वयसेवकीको भाव, अधिकार कर्तत्व र दायित्व गराउनबारे संसदीय संसदमा अभ्यास गर्ने बताए ।

यसअघि यहि असार २२ देखि २६ गतेसम्म भएको ‘प्रदेश नमुना युवा संसद’ बाट मुख्यमन्त्रीको भूमिकामा प्रदेश नं. १ बाट नविन पहाडी, प्रदेश नं. २ बाट पुजाकुमारी साह, वागमति प्रदेशबाट अस्मि सापकोटा, गण्डकी प्रदेशबाट संन्दीप गिरी, लुम्बिनी प्रदेशबाट सुरज भट्टराई, कर्णाली प्रदेशबाट प्रशान्त लामिछाने र सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरी चयन भएका थिए । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक बर्ष नमुना युवा संसद कार्यक्रम गर्दै आइरहेको छ । कोरोना भाइरसको कारणले यसबर्ष परिषद्ले भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरेको हो । नमुना युवा संसद भोलिसम्म सञ्चालन हुने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्