Shikhar Insurance

एमडीएमएसः अब कसैका मोबाइल हराउँदैनन्, कसैका व्यक्तिगत जानकारी चोरी हुँदैनन्, तर दर्ता अनिवार्य

पुरुषोत्तम खनाल
२०७८ श्रावण १, शुक्रबार २१:२९
NIMB
Nabil Bank

साउन १ देखि नेपालमा एमडीएमएस कार्यान्वयनमा आएको छ । आखिर के हो त एमडीएमएस ? अब देखि विदेशबाट ल्याइएको मोबाइल फोन नचल्ने नै हो त ?

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष हुन्, पुरुषोत्तम खनाल । प्रस्तुत अध्यक्ष खनालसँग सिंहदरबारले गरेको कुराकानीको सार

Citizen Life
Kumar Bank
Nepal Life

– साउन १, २०७८ गतेबाट कुनैपनि मोबाइल नचल्ने होइन । अवैधानिक रुपमा भित्रिएका मोबाइल व्यवस्थित मात्र गर्ने हो ।
– मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले नेपालमा भएका मोबाइल प्रयोगकर्ताको डेटा सुरक्षा गर्छ ।
– अब विश्वमा स्ट्यान्डर्डाइज भएका मोबाइल मात्र नेपाल भित्रिन्छन् । र, भन्सारबाट आयातीत मोबाइल विश्वको प्रणाली भित्रका मोबाइल हुन/होइनन् क्लिक गरेर हेर्न मिल्छ ।
– विदेशबाट उपहारका रुपमा ल्याइएका फोन साधारण प्रक्रिया पुरा गरेर (नागरिकता तथा आईएमईआई भरेर) डेटाबेसमा रेकर्ड राखिन्छ । भोलि यदी त्यो मोबाइल चोरी भयो वा हरायो भने हामी ट्र्याक गर्छौं, पत्ता लगाउँछौं र ब्लक गर्छौं । अब कसैको मोबाइल हराउँदैन ।
– प्राधिकरणको लिंकमा गएर आफ्नो मोबाइलको जानकारी अपडेट गर्न सकिन्छ ।
– अवथा, प्रयोगकर्तालाई सजिलो होस् भनेर त्यसरी नेपाल भित्रिइ सिम राखेको १५ दिनभित्र हामी एउटा लिंक पठाउँछौं । सोही लिंकमा क्लिक गरेर जानकारी अपडेट गर्न सकिन्छ ।
– साउन १ देखि एमडीएमएस कार्यान्वयन भएको छ । पहिलो चरणमा नेपालमा मोबाइल आयात गर्नेलाई यो प्रणालीमा आवद्ध गरेका छौं । यो प्रणालीमा प्रवेश गरेरमात्र मोबाइल आयात गर्न मिल्छ ।
– भन्सारलाई एक्सेस दिने काम पनि आजबाट सुरु भएको छ ।
– त्यसपछिको चरणमा सेवा प्रदायकको डेटाबेससँग सिन्क गर्छौं । त्यसपछिको चरणमा व्यक्तिगत प्रयोजनका लागि ल्याउनेहरुका लागि सूचना निकाले दर्ता गर्ने प्रक्रिया अघि बढाउँछौं ।
– एमडीएमएस पूर्णरुपमा कार्यान्वयनमा आएपछि नेपालभित्र केकति मोबाइल फोन चलिरहेका छन् ? कुन ब्रान्डका सेट चलिरहेका छन् ? कुन माध्यमबाट नेपाल भित्रिएका सेट चलिरहेका छन् ? थाहा हन्छ ।
– नेपालमा प्रयोग भएको मोबाइलभन्दा भन्सारको तथ्यांकमा रहेको संख्याभन्दा कम रह्यो भने अनुसन्धान गर्न सकिन्छ ।
– अबदेखि भ्याटबिल लिएरमात्र मोबाइल किन्नुन् । भ्याट नतिरी लिनुभएको छ भने त्यस्तो मोबाइल रोक्छौं ।
– जसले ग्रे माध्यमबाट फोन आयात गर्‍यो, उसलाई कारबाही गर्न सुरक्षा निकायलाई जानकारी दिन्छौं ।
– यो सिस्टम तयार पार्न डेढ वर्ष समय लाग्यो ।
– यसमा एउटा डेटा सेन्टर हुन्छ । ग्लोबाल सिस्टम अफ मोबाइल एसोसियसन (जीएसएमए) को डेटाबेसमा विश्वभरका मोबाइल निर्माताले बनाएको मोबाइल सामेल हुन्छन् । स्ट्यान्डर्ड मोबाइल फोनमात्र नेपाल भित्रिन्छन् ।
– कसैले हराएको चोरी भएको मोबाइल भेट्टाउन पनि सहज हुन्छ । यसो गर्दा मोबाइल प्रयोगकर्ताको व्यक्तिगत जानकारी दुरुपयोग हुनबाट बच्छ ।
– विश्वका अधिकांश देशमा एमडीएमएस कार्यान्वयनमा छन् ।
– साउन देखि मोबाइल बन्द हुन्छ भन्ने हल्लाको पछि नलाग्नुस् । कसैको पनि कम्युनिकेसन बन्द गर्दैनौं ।
– तर, अबदेखि किन्ने मोबाइल सेट वैधानिकमात्र किन्नुहोस् ।
– यदी कसैले उपहार स्वरुप फोन दिनुहुन्छ भने नेपाल दुरसञ्चार प्राधिकरणको वेभसाइटमा गएर दर्ता गरिदिनोस् ।
– तत्कालका लागि मोबाइल दर्ता शूल्क लाग्दैन ।

थप भिडियोमा

GBIME

प्रतिक्रिया दिनुहोस्