Shikhar Insurance

बैंकका सहायक कम्पनीलाई ‘सर्तसहित ब्रोकर लाइसेन्स’

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार ०९:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीहरुलाई सर्तसहित ब्रोकर लाइसेन्स दिने भएको छ । बोर्डले सञ्चालक समिति सदस्य रामेश्वर दंगाल, सदस्यहरु निर्माला अधिकारी भट्टराई र अशोक पौडेललाई नियमावली संसोधनको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । सोही समितिले तयार पारेको नियमावली संसोधनको मस्यौदामा बैंकका सहायक कम्पनीहरुलाई सर्तसहित ब्रोकर लाइसेन्स दिन सकिने प्रस्ताव गरेको हो ।

‘बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनेबारे सबै पक्ष सकारात्मक देखिएका छन्, सर्तसहित लाइसेन्स दिने सम्भावना छ’, उच्च श्रोतले भन्यो । नियमावलीमा ब्रोकरहरुको पुँजी पनि न्युनतम ५ करोड र अधिकतम २५ करोडसम्म तोक्न प्रस्ताव गरिएको छ । साथै, सबै ब्रोकर कम्पनीहरु पब्लिक लिमिटेड हुनुपर्ने लगायतका मापदण्ड तय गरिँदैछ । ब्रोकर कम्पनीहरुले आफ्नो अनुसार बिभिन्न प्रकारका सेवाहरु दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ब्रोकरको पुँजीसँगै कार्य क्षेत्र बढाउनेबारे पनि नियमावलीमा व्यवस्था थपिएको छ । ‘ब्रोकरले अहिले जे काम गरिरहेका छन्, त्यसले मात्रै पुग्दैन, नयाँ नयाँ सेवा मार्फत आम्दानीको मार्ग प्रशस्त गर्नुपर्छ भन्नेबारे पनि कुरा उठेको छ’, श्रोतले भन्यो ।

प्रदेशमा पनि ब्रोकर
नियमावलीले प्रदेशमा पनि ब्रोकरलाई लाइसेन्स दिने व्यवस्था गर्दैछ । जस अनुसार प्रत्येक प्रदेशमा पाँच पाँच वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी छ । हाल केन्द्रिय संरचनामा लाइसेन्स लिएका ५० वटा ब्रोकरहरु छन् । उनीहरुले देशका बिभिन्न शहरहरुमा शाखा खोलेर सेवा दिईरहेका छन् ।

ब्रोकर कमिसनबारे पनि छलफल
नियमावली संसोधनको मस्यौदा तयार पार्न बनेको समितिमा ब्रोकर कमिसन घटाउनेबारे पनि छलफल भएको छ । दैनिक एकाध अर्बको सेयर किनबेच भएको बेला तोएिको ब्रोकर कमिसन अहिले घटाउने समय आएकोबारे समितिका सदस्यहरुले कुरा उठाएको श्रोतले बतायो । तर नियमावली संसोधनका लागि बनेको कार्यदलले आफ्नो क्षेत्राधिकार भित्र नपरेको भन्दै कमिसनबारे भने बोलेको छैन् । तर बोर्ड सञ्चालक समितिमा ब्रोकर कमिसनबारे पनि कुरा उठाउने तयारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्