Shikhar Insurance

महालक्ष्मी विकास बैंकः नाफा ७१ प्रतिशतले बढ्यो, लाभांश क्षमता १६.८७ प्रतिशत

सिंहदरबार संवाददाता
२०७८ श्रावण ६, बुधबार ०९:४४
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा ३० करोड ४४ लाख रुपैयाँले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७६।७७ मा ४२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने गत आर्थिक वर्ष २०७७।७८ मा त्यस्तो नाफा ७३ करोड २९ लाख रुपैयाँ पुर्याउन सफल भएको हो । अर्थात महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफा ७१.०३ प्रतिशतले वृद्धि गर्त सफल भएको हो । बैंकको सो नाफमा अन्य आम्दानीका कारणले वृद्धि भएको देखिन्छ ।

महालक्ष्मीले गत आर्थिक वर्षमा वितरण योग्य नाफा पनि ५६ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ । ३ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले आफ्ना लगानीकर्तालाई १६.८७ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा एक अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा ३८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेर ३० अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले खुद ब्याज आम्दानी भने एक अर्ब ५६ करोड रुपैयाँ गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

महालक्ष्मीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ९५ पैसाबाट बढेर २१ रुपैयाँ ९३ पैसा पुगेको छ । प्रति सेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा रहेको छ । बैंकको खराब कर्जा भने २.८० प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको देखिन्छ । स्प्रेड दर पनि ४.३५ प्रतिशतबाट बढेर ४.५३ प्रतिशत पुगेको छ । आधार ब्याजदर भने ९.९५ प्रतिशतबाट घटेर ७.२८ प्रतिशत कायम भएको छ । बैंकको कस्ट अफ फण्ड ७.५२ प्रतिशतबाट घटेर ५.४४ प्रतिशतमा सिमित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्