Shikhar Insurance

स्वाप रेसियोमा बार्गेनिङ गर्न मर्जर अघि ३२ करोडको सेयर बेच्न एनबिको दौडधुप

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार २३:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बंगलादेश बैंक र नविल बैंकबीच मर्जरबारे छलफल चलेको लामै समय भयो । पछिल्लो समय सनराइज बैंकसँग पनि मर्जरबारे छलफल जारी राखेको एनबी बैंकले हतार हतार ३२ करोड भन्दा बढीको सेयर बेच्ने दौडधुप गरिरहेको छ ।

आईएमई जनरल इन्स्योरेन्समा रहेको साढे दुई लाख कित्ता सेयर बेचेर सो रकमलाई नेटवर्थ बढाउन प्रयोग गर्ने योजनामा बैंक नेतृत्व लागिपरेको छ । सेयर लगानीलाई बेचेर नगदमा देखाउँदा नेटवर्थ बढ्ने र त्यसले डीडीए रिपोर्टमा प्रभाव पारेर स्वाप रेसियो बढाउन बार्गेनिङ गर्ने योजनामा एनबी बैंक लागि परेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले आईएमई जनरल इन्स्योरेन्समा रहेको २ लाख ५६ हजार ९ सय ३६ कित्ता सेयर बेच्न ठूलो मेहनत गरिरहेको छ । हाल दोश्रो बजारमा आईएमई जनरलको साधारण सेयर प्रति कित्ता एक हजार २ सय ४९ रुपैयाँमा किनबेच भैरहेको छ । आईजीआईमा रहेको साधारण सेयर तत्कालै बेच्न पाउने हो भने बैंकले त्यसबाट ३२ करोड ९ लाख १३ हजार ६४ रुपैयाँ प्राप्त गर्नेछ । सो रकम सिधै जगेडा कोषमा देखाउन पाउने हुँदा बैंकको नेटवर्थ बढ्नेछ र त्यसले डीडीए रिपोर्ट मार्फत बैंकलाई अब्बल देखाउँदै स्वाप रेसियो निर्धारणमा दबाव बढाउन सहयोग पुग्छ ।

बीमा समितिमा अड्कियो फाइल
आईएमई जनरलमा नेपाल बंगलादेश बैंकको करिब १० प्रतिशत सेयर रहेको छ । संस्थापक सेयरको हिस्सा ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत बनाउँदा साधारण सेयरमा परिणत भएको सबै सेयर बेच्ने निर्णय बैंकले गरेको हो । तर बैंकको निर्णयमा ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५’ तगारो बनेको छ । निर्देशिकामा बीमा कम्पनीको सञ्चालकले पद छाडेको एक वर्षसम्म सो संस्थाको कुनै पनि सेयर तथा डिबेञ्चर खरिद गर्न नपाउने व्यवस्था छ ।

निर्देशिकाको परिच्छेद–३ को दफा १७ उपदफा ७ मा ‘सञ्चालकले पदमा बहाद रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही बीमकको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरिद बिक्रि गर्न पाउने छैन’ भन्ने व्यवस्था छ । हाल आईएमई जनरलमा नेपाल बंगलादेश बैंकका तर्फबाट चाटर्ड एकाउन्टेन्ट सुरेश देवकोटा सञ्चालक समिति सदस्य छन् ।

उनलाई सञ्चालक कायमै राखेर बैंकले सो सेयर बेच्न बीमा समितिमा दबाव बढाईरहेको छ । बैंकले कम्पनीमा आफ्नो प्रतिनिधी संस्थापक सेयरधनीका रुपमा सहभागी भएकाले साधारण तर्फको सेयर बेच्न पाउनुपर्ने तर्क अघि सारेको छ ।

सेयर बेच्ने अनुमति माग्दै बैंकले जेठ ११ गते समितिलाई पत्र लेखेको थियो । पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नै हस्ताक्षर गरेका छन् ।

बैंकले आईएमई जनरल इन्स्योरेन्सका तर्फबाट पनि पत्र लेखाएर सेयर बेच्ने अनुमतिका लागि दबाव बढाएको छ । आईएमई जनरले असार १ गते समितिलाई पत्र लेख्दै सेयर बेच्नु अनुमति दिन अनुरोध गरेको छ । सो पत्रमा कम्पनी सचिव उमा जोशीले हस्ताक्षर गरेकी छिन् ।

सीईओको निरन्तर प्रयास
सेयर बेच्ने अनुमति माग्दै लेखिएको पत्र प्रति बीमा समिति सकारात्मक नदेखिएपछि बैंकका सीईओ ढुंगाना आफैंले निरन्तर लबिङ थालेका छन् । उनले बैंकका प्रतिनिधीलाई पठाएर समितिको उच्च नेतृत्वसँग भेटघाटको व्यवस्था मिलाउने प्रयास पनि गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्