Shikhar Insurance

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आयो, कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १४, बिहीबार ०८:५८
NIMB
Nabil Bank

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनकिो आईपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको हो ।

कुल निष्काशनको २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकि रहेको ६ लाख ६८ हजार ७४६ कित्तामा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
मैलुङको सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४ सय रुपैयाँ रहेको छ र आईपीओपछि ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्