Shikhar Insurance

तत्कालै पूर्ण बजेटको ल्याउनुपर्ने पूर्व अर्थमन्त्री महतको माग, ‘आकारमात्र बढाउने हैन’

सिंहदरबार संवाददाता
२०७८ श्रावण २१, बिहीबार १८:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । उनले भने, “सरकारलाई पूर्णता दिनको लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाई गर्नुहुँदैन ।”

उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्नेपनि धारणा राखेका छन् । उनले सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि बताएका छन् । यसअघि अध्यादेशबाट ल्याईएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने महतको भनाई छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने सुझाव दिए । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाह्य दुवै ऋण बढाएको उनको गुनासो छ । उनले भने, “अहिले एक जनाको भागमा ५२/५३ हजार ऋण पुगेको छ ।” अब बजेट ल्याईंदा प्रशासकीय खर्चपनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो ।

उनले वर्तमान सरकारले पूर्ण बजेट ल्याउनको लागि तयारी गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा खुशी व्यक्त गरे । र, सरकारको यो कदमलाई सकारात्मक रुपमा लिनुपर्ने पनि उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्