Shikhar Insurance

को को बन्दैछन् माओवादीबाट मन्त्री ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र ६, आईतवार १५:४२
NIMB
Nabil Bank

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले सात वटा मन्त्रालय पाउन लगभग सहमति भएको छ । सातमध्ये दुई मन्त्री नियुक्त भैसकेका छन् । जनार्दन शर्माले अर्थ र पम्फा भुषालले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
अब बाँकी रहेका पाँच मन्त्रालयमा पठाउन मन्त्री छान्न माओवादी केन्द्रलाई मुस्किल छ ।

यद्यपी शिर्ष नेतृत्व तहमा भने क कसलाई मन्त्री बनाउने भन्नेबारे लगभग सहमति भैसकेको छ । उप प्रधानमन्त्री पाएमा नारायणकाजी श्रेष्ठ मन्त्री बन्नेछन्, त्यो सम्भव नभएमा उनको कोटाबाट अञ्जना बिशंखेलाई मन्त्री बनाउने तयारी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई(हिमाल)मध्ये एक जना मन्त्री बन्नेछन् । बागमति प्रदेशबाट भने हितमान तामाङको नाममा अगाडी छ । दुई नम्बर प्रदेशबाट फेरी पनि मात्रृका यादव मन्त्री बन्न सक्ने श्रोत बताउँछ । त्यसो त प्रचण्डकी बुहारी बिना मगरलाई पुनः मन्त्री बनाउने चर्चा पनि चलेकै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्