Shikhar Insurance

दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी

सिंहदरबार संवाददाता
२०७८ भाद्र ७, सोमबार १७:५२
NIMB
Nabil Bank

टिस्टुङ । दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आउनेवित्तिकै नगरपालिकाले पहिलो वर्ष नै ठेक्का आह्वान गरी हेटौँडाको प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्का दिएको थियो । सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाश इन्टरनेशनलबीचको ठेक्का सम्झौता भङ्ग भएपछि बाँकी एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग पाँच वर्षका लागि ठेक्का सम्झौता भए पनि सो रिसोर्ट र भ्युटावर दुई वर्षदेखि बन्द छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भ्युटावरमा दुरबिन राखिदिन नगरपालिकालाई पटकपटक आग्रह गरे पनि सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटल इन्टरनेशनलले जिकिर गर्दै आएको थियो । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय नै चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्युटावरबाट हात झिक्यो ।

अहिले नगरपालिकाले यथावस्थामा नै रिसोर्ट तथा भ्युटावर सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरेको छ । न्यूनतम तीन लाख २० हजार कायम गरी एक वर्षका लागि रिसोर्ट तथा भ्युटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिए ।

रिसोर्ट र भ्युटावर सञ्चालनको ठेक्का पाउने व्यवसायीले भ्युटावर, किचेन, स्टोर, रेष्टुराँ र भ्युटावर अगाडिको हल मात्र प्रयोग गर्न पाउने नगरपालिकाले जनाएको छ । “यसअघि प्रयोगमा रहेका बेड रुम९लज० प्रयोग गर्न नपाउनेगरी निर्णय भएको छ”, उनले भने ।

यसअघि नगरपालिकाको कुनै प्रकारको बाँकी बक्यौता रहेको व्यतिm, फर्म वा कम्पनीले बोलपत्रमा भाग लिन नपाउने सूचनामा जनाइएको छ । रिसोर्ट र भ्युटावर सञ्चालनका क्रममा विद्युत् महसुल र पानी महसुल व्यवसायीले नै बुझाउनुपर्ने तथा रिसोर्ट सुरक्षाका लागि मूलगेटमा सुरक्षा गार्डको व्यवस्था अनिवार्य रुपमा व्यवसायी स्वयम्ले नै गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

विसं २०२१ मा निर्माण गरिएको दामन भ्युटावर लामो समय केन्द्रीय सरकारको मातहत रहेकामा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिका मातहत आएको थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्