Shikhar Insurance

बैंक खुल्न थालेपछि अफगानिस्तानमा पैसा निकाल्नेको भीड

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १२:२६
NIMB
Nabil Bank

एजेन्सी । अफगानिस्तानमा बैंकहरु खुल्न थालेका छन् । एक साताभन्दा लामो समय बन्द रहेका बैंकहरु खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भिड हुन थालेको छ ।

अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनीले मुलुक छाड्नुभन्दा केहीअघि नै मुलुकका सबै बैंक तथा वित्तीय संस्था बन्द भएका थिए । तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको डरले बैंक बन्द भएका थिए । यस्तै अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेपछि थप त्रास पैदा भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले दैनिक आवश्यकताका वस्तु खरिद गर्न मानिसहरु पैसा निकाल्न बैंकमा घण्टौंसम्म लाइनमा बसेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले बताएका छन् । अर्कातर्फ तालिबानले सरकार बनाउन ढिलाइ गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्