Shikhar Insurance

दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटै सार्वजनिक हुन्छ : गृहमन्त्री खाँण

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १७:४९
NIMB
Nabil Bank

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए । उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएकोसमेत जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराए । उनले
महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराए । “नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ”, उनले भने । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्