Shikhar Insurance

कोरोनाले ‘जब’ गुमाएका पर्यटन क्षेत्रका श्रमिकलाई रोजगारी दिने अभियान सुरू (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार १९:१०
NIMB
Nabil Bank

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरू गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत आइतबारबाट काठमाडौंका विभिन्न स्थानमा एकैसाथ काम सुरू भएको छ ।

परियोजनाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा सय जना, चन्द्रागिरीको मातातिर्थमा सय जना र सहित स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरलाई काममा लगाइएको छ । यस्तै होटल एसोसिएसन अफ नेपाल (हान) सँगको ४० जना बढीले काम पाएका छन् । जसअनुसार आइतबारमात्र करिब ३ सय बढी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै परियोजना अन्तर्गत काठमाडौं कै किर्तिपूर र पर्वतको जलजला, संखुवासभाको चिचिलामा गरी करिब २ सय ५० जना श्रमिक काममा आवद्ध भएको परियोजनाले जानकारी दिएको छ । परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाडौंको किर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुङगामा एक–एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना सुरू गरिसकेको छ ।

२ वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्‍याइने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप २ हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी, ट्रेकिङ्ग ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

परियोजना अन्तर्गत पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ६४ हजार कार्य दिन ( मेन डेज ) बराबरको रोजगारी प्रदान गरिने लक्ष्य अनुरुप काम सुरू गरिएको संयोजक लामिछानेले जानकारी दिए । आउँदा दिनका क्रमशः अन्य स्थानीय तह तथा संघ संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने लक्ष्य परियोजनाले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्