Shikhar Insurance

प्रदेश २ मा लाखौँ खर्चिएको ‘हेल्लो सिएम’एप प्ले स्टोरबाटै गायब

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १०:२७
NIMB
Nabil Bank

जनकपुरधाम । प्रदेश २ सरकारले महिला हिंसा न्यूनीकरणका लागि भनेर सुरु गरेको ‘हेल्लो सिएम’एप प्रयोगविहीन बनेको छ ।
६ लाख खर्चेर एप बनाई पनि प्रदेश सरकारले कार्यक्रम नै अगाडि बढाएको छैन ।

११ कात्तिक २०७५ मा समुदा-प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए । तर त्यो एप गुगलको प्लेस्टोरबाटै हराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महिला हिंसामा परेको बखत एप डाउनलोड भएको मोबाइल तीन पटक चलाएमा जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए ।

सहरका विभिन्न संवेदनशील ठाउँमा राखिएको सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनका लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन् ।

इन्जिनियर आदित्य राजले ‘एप निर्माण गरे पनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा प्रयोग विहीन बनेको बताए । न्युज कारखाना

GBIME

प्रतिक्रिया दिनुहोस्