Shikhar Insurance

भारतीयको हातमा कसरी पुग्यो श्रोत नखुलेको ९५ लाख नेपाली रुपैयाँ ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन ९, शनिबार १२:४०
NIMB
Nabil Bank

काठमाडौं । स्रोत नखुलेको ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो ।

सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जारी गरेको विज्ञाप्तिमा जनाइएको छ । चितवनबाट काठमाडौँ आउदै गरेको ग१ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए । उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्