Shikhar Insurance

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदै, कसको कतिले घट्ला ? (सूची सहित)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । बुधबार मध्यरात १२ बजेसम्म २६ वटा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै छन् । नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा नयाँ निर्देशन जारी गरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक सबै वाणिज्य बैंकलाई ब्याजदर समायोजन गर्नुपर्ने बाध्यता आएको हो ।

केन्द्रीय बैंकले मंगलबार राती ९ बजे ब्याजदर सम्बन्धी एक परिपत्र जारी गरेको थियो । जसअनुसार बैंक तथा वित्त कम्पनीहरुले पछिल्लो महिनामा लागु हुने निक्षेपको ब्याजदर अघिल्लो महिनामा प्रकाशित ब्याजदरमा १० प्रतिशत थपघट मात्र गर्न सक्नेछन् । साथै, संस्थागत मुृद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा कम्तीमा १ प्रतिशत घटी हुनु पर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो निर्देशनको पालना गर्ने समय राष्ट्र बैंकले असोज ३ गतेसम्मलाई मात्र दिएको छ । सो निर्देशनको पालना गर्दा २६ वटा वाणिज्य बैंकले हाल प्रकाशित मुद्दती निक्षेपको ब्याजदर घटाउनु पर्ने देखिन्छ ।

हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआइसी एशिया बैंक बाहेक वाणिज्य बैंकको राष्ट्र बैंकले दिएको निर्देशन विपरित संस्थागत मुद्दती (बिडिङसमेत) को ब्याजदर घोषणा गरेका छन् । जसमा १७ वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीमा भन्दा संस्थागत मुद्दती निक्षेपमा ब्याजदर बढी घोषणा गरेका छन् भने ८ वटाले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बरारबर घोषणा गरेका हुन् ।

व्यक्तिगतको भन्दा संस्थागत मुद्दतीको कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम हुनु पर्नेमा १७ बैंकले संस्थागत मुद्दतीमा दिने अधिकतम ब्याजदर ०.०१ प्रतिशतदेखि १.१७ प्रतिशतसम्म बढी छ । यी १७ वाणिज्य बैंकलाई व्यक्तिगतको भन्दा संस्थागतमा दिएको बढी ब्याजदर सहित थप एक प्रतिशत बिन्दुले ब्याजदर घटाउनु पर्ने बाध्यता आजै हो ।

व्यक्तिगत मुद्दतीमा भन्दा संस्थागतमा बढी ब्याजदर दिने बैंकहरु, कति घटाउनु पर्ला ?

राष्ट्र बैंकको अर्को निर्देशन हो, अघिल्लो महिनामा प्रकाशित ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्र थपघट गरी नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने । सो निर्देशनअनुसार समेत १५ वटा बैंकले ब्याजदर समायोजन गर्नुपर्ने बाध्यता छ ।

कात्तिकमा ब्याजदर प्रकाशित गर्दा १३ वटा बैंकहरुले असोज महिनामा प्रकाशित ब्याजदरमा १० प्रतिशतभन्दा बढीले वृद्धि गरेका थिए भने २ वटाले सो सीमाभन्दा बढीले घटाउका छन् । बैंकहरुले ब्याजदर २९.०७ प्रतिशतसम्मले थप गरेका थिए ।

केन्द्रीय बैंकको निर्देशनविपरित १० प्रतिशत भन्दा बढी ब्याजदर थप गर्ने बैंकहरुले ०.०५ प्रतिशत बिन्दुदेखि १.७७ प्रतिशत बिन्दुसम्मले ब्याजदर समायोजन गर्नु पर्ने बाध्यता छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनामा प्रकाशित ब्याजदरमा १० प्रतिशतले थप गर्दा कात्तिकमा हिमालयन बैंकले ९.९० प्रतिशतमात्र ब्याजदर घोषणा गर्न पाउथ्यो । तर बैंकले तोकिएको भन्दा १.७७ प्रतिशत बिन्दु बढी ११.६७ प्रतिशत ब्याजदर घोषणा गरेको थियो ।

यस्तै, एनआइसी एशियाले ९.६४ प्रतिशतमात्र ब्याजदर घोषणा गर्न पाउनेमा अघिल्लो महिनाको ब्याजदरमा करिब एक–तिहाइले थप गरी ११.१० प्रतिशत ब्याजदर घोषणा गरेको छ । राष्ट्र बैंकले तोकेअनुसार ब्याजदर कायम गर्न एनआईसी एशियाले ब्याजदर १.६४ प्रतिशतले घटाएर ९.४० प्रतिशत कायम गर्नु पर्ने हुन्छ ।

यस्तै कुमारी बैंकले असोज महिनामा मुद्दतीमा अधिकतम ८.१५ प्रतिशत ब्याजदर घोषणा गरेको थियो । बैंकले कात्तिक महिनामा ब्याजदर २०.३७ प्रतिशतले बढाएर निक्षेपको अधिकतम ब्याजदर १०.३१ प्रतिशत कायम गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले सो ब्याजदर १.३५ प्रतिशतले ब्याजदर घटाएर ८.९७ प्रतिशत कायम गर्नु पर्छ ।

यसैगरी लक्ष्मी बैंकले समेत राष्ट्र बैंकको निर्देशन पालना गर्दै १.१५ प्रतिशले ब्याजदर घटाएर ९.९० प्रतिशत कायम गर्नु पर्ने बाध्यता छ । बैंकले असोज महिनामा निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर दिएको थियो । एक महिनामै बैंकले ब्याजदर २२.७८ प्रतिशतले थप गरी अधिकतम ११.०५ प्रतिशत कायम गरेको थियो ।

राष्ट्र बैंकको १० प्रतिशतको सीमामा रहँदा कुन बैंकको ब्याज कतिले घट्ला ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्