Shikhar Insurance

वैदेशिक रोजगारीमा जाने नेपालीले पठाएको दसैं खर्च अघिल्लो वर्षभन्दा ६ प्रतिशत कम

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १७:४३
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा अघिल्लो वर्षभन्दा विप्रेषण प्राप्त भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले दसैंको मुखैमा अघिल्लो वर्षभन्दा कम पैसा पठाएका हुन् ।

साउन र भदौको कुल विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँमा खम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८ हजार ४ सय ९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ६.४ प्रतिशतले कमी आई रु.१७१ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्