Shikhar Insurance

सूर्या लाइफको नयाँ लोगो सार्वजनिक, मौलिक पहिचानका साथ अग्रणी कम्पनी बनाउने उद्घोष

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार २१:१७
NIMB
Nabil Bank

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ रहने पनि बताएको छ ।
नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले गरे ।

सो अवसरमा कम्पनीका अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

पोखरामा सम्पन्न दुई दिने कार्यक्रममा कम्पनीबाट समय समयमा जारी भएका विभिन्न बीमा योजना बीमा बजारमा लगि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दै आव २०७७/७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्