Shikhar Insurance

संघले राष्ट्र बैंकलाई भन्यो: बैंक ग्यारेन्टीको पैसाबाट ब्याज पाउने सिस्टम बनाइदिनुपर्‍यो (८ माग)

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंक समक्ष बैंक ग्यारेन्टीका रूपमा भारतीय बैंकमा रहेको पैसाको ब्याज लिन पाउने व्यवस्था गरिदिन माग गरेको छ । आयातलगायतका लागि भारतीय बैंक ग्यारेन्टीका रूपमा राखेको पैसा ब्याज पाएर लगानी गर्न नेपाल बैंकर्स संघले माग गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति (प्रथम त्रैमासिक) समीक्षाका लागि नेपाल बैंकर्स संघले ८ सुझाब पेश गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्ता छन् ८ माग:

(१) पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै CD Ratio, Liquidity Ratio, CRR लगायतका विषयमा केही लचकता अपनाउने ।

(२) ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र/विधि पुनरावलोकन गर्ने ।

(३) निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने ।

(४) SME Bond लगायत Convertible Debenture, Perpetual Debenture आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने ।

(५) पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने ।

(६) भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्ने ।

(७) Digital banking लाई प्रोत्साहन गर्न Fintech कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने ।

(८) बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने व्यवस्था गर्ने ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्