Shikhar Insurance

प्रतिकित्ता रु १५० मा सारिका चौधरीलाई नै सेयर बेच्ने पक्का भइसक्योः आईएफआईसी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १९:५२
NIMB
Nabil Bank

काठमाडौं । आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्व (सेयर) सारिका चौधरीलाई प्रतिकित्ता १ सय ५० रुपैयाँका दरले बेच्ने पक्का भएको जानकारी दिएको छ । आईएफआईसीले ‘प्राइस सेन्सिटिभ इन्फरमेसन’ भन्दै एक सूचना सार्वजनिक गर्दै ४ करोड कित्ताभन्दा बढी सेयर सो मुल्यमा बेच्ने तय भइसकेको बताएको हो ।

नेपालमा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भइसकेको छ । उता बंगलादेशी बैंकले भने सबै सेयर ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढीमा बेच्ने तय भइसकेको ढाका स्टक एक्स्चेन्ज र सेयरधनीलाई जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सूचनामा भनिएको छ,
“सबैलाई यो सूचित गरिन्छ कि नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी बैंक स्वामित्वको सम्पूर्ण संस्थापक सेयर रवीभवन निवासी सारिका चौधरीलाई ६ अर्ब १८ करोड ७० लाख ७ हजार ५ सय ६८ रुपैयाँमा बेच्ने तय भएको जानकारी गराउँदछौं । नेपाल राष्ट्र बैंक र अन्य नियामकीय निकायको अनुमति पछि बिक्री गरिने जानकारी गराइन्छ ।”

सारिका चौधरी नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीकी पत्नी हुन् । नेपाल बंगलादेश बैंकमा आईएफआईसीको ४ करोड १२ लाख ४६ हजार ७ सय १७ दशमलव १२ कित्ता संस्थापक सेयर छ । जसलाई प्रतिकित्ता १५० रुपैयाँका दरले हिसाब गर्दा आईएफआईसीले जानकारी गराएको रकम हुन आउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्