Shikhar Insurance

बजेटको घोषणा बल्ल कार्यान्वयन, गत वर्षको जेठ र असारको पैसा योगदानकर्ताको खातामा आयो

सिंहदरबार संवाददाता
२०७९ बैशाख २५, आईतवार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो ।

करिब एक लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदानवापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना महामारीका कारण रोजगारदाता र श्रमिक प्रभावित भएको भन्दै दुई महिनाको योगदान रकम सरकारले नै व्यहोर्ने निर्णय गरेको थियो । सरकारबाट प्राप्त रु एक अर्ब छ करोड सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको छ । कोषले बजेटमा उल्लेख गरेअनुसार योगदानकर्ताको खातामा जम्मा गर्न रु एक अर्ब ३२ करोड माग गरेको थियो ।

हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत निकासा प्राप्त भएपछि जम्मा गरिने कोषले जनाएको छ । अपुग रकम छिट्टै निकासा गरिने अर्थ मन्त्रालयबाट जानकारी आएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । पछिल्लो छ महिनामध्ये न्यूनतम रकम जम्मा भएका आधारमा योगदानकर्ताको खातामा रकम जम्मा गरिएको हो ।

यसअघि पनि सरकारले चार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो । पछिल्लो दुई वर्षको अवधिमा सरकारले दुईपटक गरेर छ महिनाको योगदान रकम योगदानकर्ताको खातामा दाखिला गरिदिएको छ ।

कोषमा हालसम्म १७ हजार ७४ रोजगारदाता र तीन लाख ३२ हजार ९५ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु १६ अर्ब ३४ करोड योगदान सङ्कलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत रु एक अर्ब १५ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ ।

जसअन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधावापत रु १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षावापत रु एक करोड ५६ लाख, आश्रित परिवार सुरक्षावापत रु दुई करोड ७५ लाख र अवकाश दाबीवापत रु ९४ करोड ५६ लाख दाबी भुक्तानी गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्