Shikhar Insurance

भरतपुरमा छोरी जन्मिए लाखको नि:शुल्क बीमा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार ०८:४४
NIMB
Nabil Bank

चितवन । भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार विहान पदभार ग्रहण गरेकि छिन । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गरिन ।
उनले अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णयमा हस्ताक्षर गरिन । त्यस्तै, भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताइन ।
छोरीलाई गरिने बीमा एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गरिन ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्