Shikhar Insurance

२० वर्ष नपुग्दै विवाह गर्न पाइने !

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । विवाह गर्न २० वर्ष पर्खनु नपर्ने गरी कानुनी व्यवस्था गर्ने तयारी सरकारको छ । सरकारले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्ने गृहकार्य सुरु गरेको हो ।

प्रतिनिधिसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले यस्तो जानकारी गराए ।

Citizen Life
Kumar Bank
Nepal Life

“१६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा बालिग भनेर भोट हाल्न पाउँछ । विवाहका लागि २० वर्ष उमेर हुनुपर्ने व्यवस्था तर्कसंगत देखिँदैन,” कानुनमन्त्री कोइरालाले प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा भने, “यसले व्यावहारिक बनाउनेभन्दा अपराध बढाइरहेको छ । यसको पुनरावलोकनका लागि कानुन मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ ।”

मुलुकी फैजदारी संहितामा विवाहको उमेर २० वर्ष छ । महिलामा परिपक्वता आएपछि मात्र विवाह हुनुपर्ने मान्यताका साथ नेपालमा विवाहको उमेर १८ बाट २० वर्ष बनाइएको थियो ।

कडा कानुन ल्याएपनि विवाह हुने उमेर २० बन्नुको सट्टा विवाह अपराध बढेपछि सरकार विवाहको उमेर घटाउनुपर्ने निष्कर्शमा पुगेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्