Shikhar Insurance

एकीकृत सम्पत्ति करमा ९०% र व्यवसाय करमा सतप्रतिशत छुट दिन बालेनसँग हानको माग

सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार १३:१०
NIMB
Nabil Bank

काठमाडौं । होटल सञ्चालकहरुको साझा संस्था होटल एसोसिएसन नेपाल (हान)ले होटल व्यवसायलाई एकीकृत सम्पत्ति करमा ९० प्रतिशत र व्यवसाय करमा सतप्रतिशत छुट दिने काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । हानले महानगरका मेयर बालेन शाहलाई भेटी महानगरपालिकाबाट लगाइने व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराई होटल उद्योगको जर्गेना गरिदिन भनेको हो ।

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल संघ नेपालका महासचिव साजन शाक्यले कोभिडपछिको पर्यटनलाई बढावा दिन विगतमा जस्तै नीति अपनाउन महानगरलाई अनुरोध गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने विज्ञहरुको प्रक्षेपण रहेको छ । यसै सन्दर्भमा राज्यको आर्थिक गतिविधि चलायमान बनाउने, बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पु¥याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व हुने भन्दै हानले यस्तो माग गरेको हो ।

घर जग्गा कर ऐन २०१९ को दफा १२ वमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधानको पार्किड. स्थान र बागबगैचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेकोमा एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सवै संरचनामा सम्पत्ति कर लगाई करिब १५ सय प्रतिशत भन्दा बढी करको भार थाम्न नसक्ने गरी बढाइएको संघले जनाएको छ । संघले विगतमा काठमाडौं महानगरपालिकालाई अनुरोध गरेपछि महानगरले आर्थिक वर्ष २०७५/०७६ मा ६५ प्रतिशत, आ.व. २०७६/०७७ मा ७५ प्रतिशत, २०७७/०७८ मा ७५ प्रतिशत र २०७८/०८९ का लागि ८० प्रतिशत छुट उपलब्ध गराएको र उक्त छुटमध्ये समयसीमा भित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध गराएको छ ।

आव २०७५/०७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाडौं महानगरपालिका र होटल संघ नेपालको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवद्र्धनका लागि संयुक्त कोष स्थापना पनि भएको छ । उक्त संयुक्त कोषबाट काठमाडौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरिएको छ । यस कोषबाट संघले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि पनि कार्यक्रमहरु अगाडि बढाइरहेको जानकारी हानले गराएको छ ।

साथै फोहोरमैला व्यवस्थापनको मूख्य समस्या भनेकै प्लास्टिकजन्य वस्तुहरु भएको हुँदा यसलाई न्यूनीकरण गर्ने उद्देश्यले होटल संघ नेपालले होटलहरुको कोठामा प्लास्टिकजन्य वस्तुहरु प्रयोग नगर्न र यसको विकल्पसहितको कार्यक्रम ‘नो टु सिंगल युज प्लास्टिक’ हालै शंकर होटलमा आयोजना गरिएको जानकारी गराउँदै हानले यसलाई देशव्यापी सातै प्रदेशमा अभियान चलाइरहेको पनि अवगत गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्