Shikhar Insurance

ओलीले ल्याएको एसपीपीलाई एमसीसी झैं व्याख्यात्मक टिप्पणीसहित पास गर्ने काम गर्दैनौं : प्रचण्ड

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १२:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएका हुन् । उनले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।”

एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । उनले भने, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्