Shikhar Insurance

हिमालयन–एभरेष्ट मर्जरलाई समितिको अन्तिम स्वीकृती, यस्ता छन् १ दर्जन सर्त

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १३:३३
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई आपसमा गाभिन अन्तिम स्वीकृत दिएको छ । शुक्रबार समितिले यी दुई कम्पनीलाई एकीकृत कारोबार सुरू गर्नु अघि एक दर्जन सर्त राखेर अन्तिम स्वीकृत दिएको हो ।

यी दुई कम्पनीले गत वैशाख २३ गते आपसमा १:०८५ को अनुपातमा मर्जर हुने सम्झौता गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने सम्झौता गरेका यी कम्पनीले अबको १ महिनाभित्रै प्रकृया सम्पन्न गर्नुपर्नेछ ।

एकीकृत कारोबार सुरू गर्नु अघिनै कर्मचारीले खाइपाइ आएको सेवा सुविधा नघट्ने, सेयर स्वाप रेसियो अनुपातमा सेयर कारोबारको व्यवस्था गरी सेयर फुकुवा गर्ने, शाखा कार्यालय गाभ्नु/स्थान्तरण गर्नु पर्दा वा खारेज गर्नुपर्दा समितिबाट स्वीकृति लिने, दायित्व समायोजन गरी बीमकको हिसाब लेखांकन गर्ने, सञ्चालक समिति निर्वाचनको माध्यमबाट चयन गर्ने लगायतका सर्त पालना गर्न समितिको निर्देशन हो ।

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहने छ ।

सम्झौता अनुपात अनुसार मर्जरपछि हिमालयनको १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजीमा एभरेष्टको ८५ प्रतिशत चुक्ता पुँजी समावेश हुँदा कुल चुक्ता पुँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

समितिको निर्देशन अनुसार आगामी चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब चुक्ता पुँजी कायम गर्नु पर्नेछ। मर्जर पछि पनि कम्पनीमा थप ३१ करोड ८९ लाख रुपैयाँ पुँजीको कमी देखिन्छ ।

शर्तहरू
१) उपर्युक्तानुसार गाभ्ने–गाभिने सम्बन्धमा भएको सहमतीपत्र (स्किम अफ एरेञ्जमेण्ट) बमोजिमको पुँजीको व्यवस्था प्रबन्धपत्र नियमावलीमा समेत गरी कम्पनी ऐन २०६३ को दफा १७७ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट हुने निर्णय बमोजिम गर्ने ।

२) धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम गाभ्ने गाभिने बीमकका धितोपत्रहरू समायोजन, दर्ता र सूचीकरण हुने प्रकृया समेत पुरा गर्ने । शेयर स्वाप अनुपातका आधारमा तय हुने शेयरलाई साविक दुवै बीमकका सम्पूर्ण शेयरधनीहरुले गाभिएर कायम हुने बीमकको नामबाट कारोवार गर्न सक्ने आवश्यक व्यवस्था मिलाई रोक्का राखिएको धितोपत्र कारोवार फुकुवाको प्रबन्ध गर्नु पर्ने ।

३) गाभ्ने गाभिने बीमकको कुनै शाखा कार्यालय अर्कोमा गाभ्नु परेमा वा अन्यत्र स्थानान्तरण गर्नु सोको आवश्यकता तथा औचित्यता खुलाई यस समितिको स्वीकृतिको लागि पेश गर्नु पर्ने ।

४) एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी स्वीकृति प्राप्त भएपछि दुबै बीमकले एकिकृत कारोवार थालनी गर्ने मिति खुलेको व्यहोरा सर्वसाधारणको जानकारीका लागि राष्ट्रियस्तरको पत्रिकामा कम्तिमा दुईपटक सूचना प्रकाशन गर्नुपर्ने ।

५) गाभ्ने गाभिने दुबै बीमकको तथ्यांकलाई गाभिएको दिन देखि एउटै सफ्टवेयरबाट कारोवार शुरु गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने । साथै सो सम्बन्धी जानकारी यस समिति, कम्पनी रजिष्ट्रारको कार्यलय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य सम्बन्धित निकायहरुलाई जानकारी दिनु पर्ने ।

६) एकिकृत कारोवार गर्नु पूर्व गाभिने बीमकको नाममा रहेको कारोवार सम्बन्धि इजाजतपत्र रद्द गरी गाभ्ने बीमकको इजाजतपत्रमा संशोधन गर्न दुबै बीमकको इजाजतपत्रहरु यस समितिमा पेश गर्नुपर्ने । गाभिने दुबै बीमकको अन्तिम दिनसम्म कायम रहेको लेखामा उल्लेख भएको मुल्यमा सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु समायोजन गरी गाभिएर कायम हुने बीमकको हिसाबमा लेखांकन गर्नु पर्ने ।

७) यसपछि गाभ्ने गाभिने दुबै बीमकहरुबाट भए/गरेको काम कारवाहीहरु गाभिएर कायम हुने बीमकबाट भए/गरेको मानिने । साविकका दुबै बीमकले गाभिनु अधि गरेका करारीय दायित्वको कार्यान्वयन समेत गाभिएपछि बीमकमा सार्ने ।

८) गाभिएपछि एक बर्षसम्म साइनबोर्ड तथा लेटरप्याडको तल्लो भागमा साविकका हिमालयन जनरल इन्स्योरेन्स कं.लि. र एभरेष्ट इन्स्योरेन्स कं.लि. एक आपसमा गाभिएर बनेको बीमक भन्ने व्यहोरा लेख्नु पर्ने ।

९) गाभिएपछि प्रचलित कानून बमोजिम पहिलो बार्षिक साधारण सभा सम्पन्न गरी निर्वाचनको माध्यमबाट सबै सञ्चालकहरु नियुक्त हुने व्यवस्था गर्नु पर्ने । साथै खालि रहन गएको व्यवसायिक विशेषज्ञ सञ्चालकहरु नियुक्ति गरी सोको जानकारी यस समितिलाई दिनुपर्ने ।

१०) गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकमा पदमिलान गर्दा निजहरुले साविकमा खाईपाई आएको तलब भत्ता तथा सुविधाहरु नघट्ने गरी गर्नुपर्ने ।

११) गाभिएपछि बीमकमा लागू हुने कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावली यस समितिमा पेश गर्नु पर्ने ।

GBIME

प्रतिक्रिया दिनुहोस्