Shikhar Insurance

श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ४, बुधबार ०९:२६
NIMB
Nabil Bank

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरएण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५ सयकित्ता आईपीओ निष्काशन गरेको हो ।

यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशत सेयर जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशन भएको २३ लाख ८९ हजार ५०० कित्तामध्ये ५ प्रतिशतले हुने १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा साउन ८ गते आइतबारसम्म आवेदन दिन सकिन्छ । कम्पनीले केयर रेटिङ एजेन्सीबाट ‘केयरएनपी डबल बी आइएस’ रेटिङ्ग प्राप्त गरेको छ ।

कम्पनीले निर्माण गरेको २८।१० मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा ५ वटा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्