Shikhar Insurance

सयपत्र हाइड्रोपावरको आईपीओ साउन १३ गतेदेखि

सिंहदरबार संवाददाता
२०७९ श्रावण ४, बुधबार ०९:४०
NIMB
Nabil Bank

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ मूल्यका ७ लाख २१ हजार ६० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

यस अघि आयोजना प्रभावितहरुका लागि आईपीओ जारी गरेको कम्पनीले त्यतिबेला बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनको ५ प्रतिशतले हुने ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्र्याइएको छ भने २ प्रतिशतले हुने १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ।  बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्तामा भने आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले लिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि ३० हजार कित्तासम्म सेयर भर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्