Shikhar Insurance

लगातार ८औं दिन उकालो लाग्यो नेप्से, कारोबार रकम भने घट्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण ४, बुधबार १६:३४
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेप्से परिसूचकले उकालो यात्रा कायम नै राखेको छ । गत साताको मंगलबार देखि निरन्तर रुपमा बढीरहेको नेप्से परिसूचक आज ८औं दिन पनि सो यात्रा कायम नै राखेको हो । गत साताको मंगलबार अर्थात पछिल्लो ८ दिन देखि नेप्से परिसूचक १३४.९८ अंक बढेको छ ।

सो दिन २१५ स्क्रिप्टका ४१ लाख ३३ हजार ७ सय ९ कित्ता सेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँमा खरिबिक्री भए । बुधबार नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको कारोबारको तुलनामा सामान्य घटेको छ । अघिल्लो दिन २ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २,०५०.५९ को विन्दुमा बन्द भएको छ । त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सिटिभ इण्डेक्स पनि ०.९७ अंकले बढेर ३९२.५० को विन्दुमा बन्द भएको हो ।

मल्टिप्रर्पाेस फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ५.६९ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा शिवम सीमेन्ट कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यसैगरि हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख ३६ हजार, आईसीएफसी फाइनान्सको ५ करोड ३१ लाख २ हजार, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख २९ हजार र नेपाल रि इन्स्योरेन्स कम्पनीको ५ करोड २ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सो दिन कारोबारकमा आएका ८६ कम्पनीको सेयर मूल्य बढेको छ । ८७ कम्पनीको घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
१३ वटा उपसमूहमध्ये ८ वटा परिसूचक बढेको छ भने बाँकी ५ वटा घटेको छ । सो दिन सबैभन्दा बढी फाइनान्स इण्डेक्सको १.९१ प्रतिशतले बढेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्