Shikhar Insurance

२ वटा कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्दे, बोर्डमा दिए अनुमतिको लागि आवेदन

सिंहदरबार संवाददाता
२०७९ श्रावण ५, बिहीबार ०७:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २ वटा कम्पनीले बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपीओ) जारी गर्न अनुमतिको लागि निवेदन पेश गरेको छ । बोर्डमा रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो ।

सर्वोत्तम सिमेन्टले पहिलो चरणमा बोर्डसँग संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आइपीओ र रिलायन्स स्पिनिङ मिल्स पहिलो चरणमा संस्थागतकै लागि ७ लाख ७० हजार ६४० कित्ता आइपीओ बिक्रीको लागि अनुमति माग गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वोत्तम सिमेन्टको आइपीओ बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल र रिलायन्स स्पिनिङ मिल्स बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्