Shikhar Insurance

प्रिओपन सेसनमा नेप्से परिसूचक उल्लेख्य बृद्धि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार ११:०६
NIMB
Nabil Bank

 

काठमाडौं । प्रिओपन सेसनमा सेयर कारोबार मापक नेप्से परिसूचक उल्लेख्य बृद्धि भएको छ । सो दिन नेप्से परिसूचक १०.६६ अंकले बढेर २,२०५.७६ को विन्दुमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.५५ अंकले बढेर ४२०.७५ को विन्दुमा पुगेको छ ।

कारोबारमा आएको २६ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्य घटेको छ । सो सेसनमा ३३ कम्पनीका ३ हजार ४७ कित्ता सेयर १५ लाख ९८ हजार रुपैयाँमा खरिदबिक्री भए ।

सोमबार प्रिओपन सेसनमा ५ कम्पनीको सेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, पाँचथर पावर, इफिनीटी लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य २/२ प्रतिशतले बढेको हो ।

कारोबार रकमको आधारमा शिवम सीमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्