Shikhar Insurance

प्राइम लाइफको सिईओ बने दाहाल, तलब ९० लाख

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १४:४३
NIMB
Nabil Bank

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले सिईओ बनाउने निर्णय गरेर बीमा समिति पठाएको फाइललाई समितिले पनि स्वीकृति दिएको हो ।
दाहाललाई बार्षिक ९० लाख तलब भत्ताको सुबिधासहित सिईओ बनाउन स्वीकृति दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदबारलाई जानकारी दिए ।

गुराँस र युनियन लाइफसँग मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरेको प्राइमले एकिकृत कम्पनीको सिईओ बनाउने तयारीसहित दाहाललाई अघि सारेको बताइन्छ । तर बीमा क्षेत्रका ठूला खेलाडीका रुपमा चिनिएका युनियन लाइफका सिईओ मनोज कुमार कर्णले पनि एकिकृत कम्पनीको सिईओ दावी गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्