Shikhar Insurance

सौराहाबाट सिटिजन्सको घोषणाः अब्बल अनुशासनसँगै एग्रेशिभ बिजनेश ग्रोथ

१० गुणासम्म प्रतिफल दिने ‘सिटिजन्स चिरायु मुद्धती योजना’ र ‘रेमिटेन्स चिरायु मुद्धती योजना’
सिंहदरबार संवाददाता
२०७९ श्रावण २१, शनिबार १४:२७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंकले आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ र ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ सुरु गरेको छ । यी मुद्धती योजनाहरु बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले चितवनको सौराहामा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कन्क्लेभ माफर्त सार्वजनिक गरेका हुन् ।

१८० वटै शाखाका प्रबन्धकहरु तथा बरिष्ठ व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दै सिईओ पोखरेले बैकंलाई अब्बल बनाउने घाोषणा गरे । अनुशासित बैंकको छविलाई अझ परिस्कृत गर्दै व्यवसाय अभिवृद्धिका योजना अघि सार्ने पनि सिईओ पोखरेलले बताए ।  सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्र्तगत निक्षेपकर्ताहरुले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गर्दा १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

रेमिटेन्स चिरायु मुद्धती योजनामा भने१२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गर्दा एकमुष्ठ चार गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता हुनेछ । यो मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न सक्नेछन् । यो मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत एवं रेमिटेन्स ग्राहकहरु लाभान्वित हुनेछन् ।

ग्राहकहरुको वित्तीय आवश्यकताहरु सहजताका साथ पूरा गर्न बैंकले आफ्नो वेबसाईट मार्फत स्र्माट सेवा(स्मार्ट सर्भिसेस) समेत सुरु गरेको छ । बैंकले देशैभर १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्