Shikhar Insurance

लगानीको सुनिस्चितता नभएसम्म निजगढमा जङ्गलको रुख काट्ने अनुमति दिन्नः मन्त्री यादव

सिंहदरबार संवाददाता
२०७९ श्रावण २१, शनिबार १८:२०
NIMB
Nabil Bank

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताएका छन् । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिने मन्त्री यादवले बताए ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ४ स्थित सागरनाथमा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले निजगढ विमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पारे । उनले भने, “रुख काटेर जग्गा खाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जा दिने । यस्तो अब चल्दैन । पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमानस्थलका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमति दिँदैन ।”

Citizen Life
Kumar Bank
Nepal Life

वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउँदै उनले मन्त्रालयको निर्देशनबमोजिम वन जङ्गलको संरक्षणका लागि काम गर्न निर्देशन दिए । वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वन जङ्गल संरक्षण तदारुकता देखाउन उनले आग्रह गरे । तस्करसँग मिलेर काठ, ढुंगा र गीठीको लाइन दिने जस्ता गुनासोहरु सुनिएको बताउँदै उनले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गरे ।

राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउँदै उनले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिए । केही समयभित्रै वन मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्ने हुँदा त्यसको लागि आवश्यक तयारी पनि भइरहेको मन्त्री यादवको भनाई छ ।
त्यसैगरी उनले सुकुमवासीको नाममा धनाढ्यहरुले पनि जग्गा कब्जा गरेर राखेको बताउँदै अबदेखि असली सुकुमवासीको पहिचान गरेर मात्र जग्गा दावी पूर्जा वितरण गरिने बताए । “सुकुमवासीको पूर्जा लिएर काठमाडौँ र ठूलाठूला शहरमा आलिसान घर, गाडी भएकाहरु पनि छन् । म त्यस्ता सयौँलाई चिन्छु । लाखौँको सुनको सिक्री लगाएर म सुकुमवासी भन्नेहरुको पहिचान गरेर अबदेखि सही व्यक्तिलाई मात्र हामीले जग्गा दावी पूर्जा वितरण गर्छौं,” उनले भने ।

बाघको संख्या बढेको भन्दै विश्वव्यापी रुपमा नेपालको चर्चा चलीरहेको बताउँदै उनले बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्