Shikhar Insurance

आधा दर्जन बैंकलाई मर्जरको सैद्धान्तिक स्वीकृत, हिमालयन र सिभिल सहित कुन-कुन?

सिंहदरबार संवाददाता
२०७९ श्रावण २४, मंगलवार १८:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थाले मर्जरको सैद्धान्तिक स्वीकृत पाएका छन् । मर्जर तथा प्राप्तिको पारम्भिक सम्झौता गरी केन्द्रीय बैंकमा स्वीकृतिको पाइपलाइनमा रहेका २ वटा वाणिज्य बैंक सहित ६ वटा बैंक तथा वित्तीय संस्थालाई सैद्धान्तिक स्वीकृति दिएको हो ।

जसमा हिमालयन बैंक र सिभिल बैंक, सीवाइसी लघुवित्त र आँधीखोला लघुवित्त रहेका छन् । यी संस्थालाई राष्ट्र बैंकको गत बुधबार बसेको संचालक समितिले मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको हो । सम्बन्धित संस्थालाई भने साउन २२ गते सोमबारमात्रै पत्र पठाइएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
‘बुधबार बसेको बोर्ड बैठकले नै हिमालयन र सिभिललाई र सीवाइसी र आँधी खोलालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । तर, अन्य प्रकृया पुरा गरेर सम्बन्धित बैंकमा पत्र भने हिजोमात्रै पठाइएको हो ।’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

यी बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक स्वीकृति पाएको पत्र प्राप्त गरेको ३ महिनाभित्रै अन्तिमको लागि प्रकृया पुरा गरिसक्नु पर्ने उनले जानकारी दिए । जसअनुसार हिमालयन र सिभिल बैंकले र सीवाइसी र आँधी खोला लघुवित्तले आगामी कात्तिक २३ गतेसम्म अन्तिम स्वीकृतको लागि थप प्रकृया परा गरी राष्ट्र बैंकमा कागजात पेश गर्नु पर्नेछ । हिमालयन बैंकले सिभिल बैंकले गत असार २९ गते १००ः८१को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)मा प्राप्ति गर्ने सम्झौता गरेको थियो । अब यी बैंकले कात्तिक २३ गतेसम्म अन्तिम स्वीकृति लिएर त्यसको एक महिना भित्रै एकिकृत कारोबार शुरु गर्नु पर्ने हुन्छ । सीवाइसी र आँधीखोला लघुवित्तले हकमा पनि सोही नियम लागु हुने छ ।

साथै, मर्जर तथा प्राप्तिको पाइपलाइनमा भएको मिर्मिरे र बुद्धज्योती लघुवित्तलाई पनि गत साता मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिएको थियो । यी संस्थाले अर्को सातासम्म अन्तिम स्वीकृति पाउने गरी प्रकृया पुरा गरिसकेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
‘यी संस्थाले सैद्धान्तिक स्वीकृति पाउनु अगावै अन्तिमको पनि तयारी गरिसकेका रहेछन् । आवश्यक कागजात पेश गरिसके अर्को साता अन्तिम स्वीकृति पाउने सम्भावना छ ।’ स्रोतले भन्यो ।

राष्ट्र बैंकमा हालसम्म १२ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिको पाइपलाइनमा छन् । जसमध्ये १० वटालाई राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने २ वटा वाणिज्य बैंकले सैद्धान्तिक स्वीकृति पाउन बाँकी छ ।

मर्जर तथा प्राप्तिको पाइपलाईनमा भएका वाणिज्य बैंकहरुमा हिमालयन र सिभिल, मेगा र नेपाल इन्भेष्टमेण्ट, प्रभु र सेञ्चुरी, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक हुन् । भने, वित्ततर्फ सीवाइसी/आँधीखोला लघुवित्त र मिर्मिरे/बुद्धज्योतीले मर्जर तथा प्राप्तिको पाइपलाइनमा छन् । यी मध्ये मेगा र नेपाल इन्भेष्टमेण्ट, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकलाई पनि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्