Shikhar Insurance

५० लाखभन्दा ठुला पोलिसी सरेण्डरमाथि समितिको छानबिन, कम्पनीसँगै अभिकर्ता समेत टार्गेटमा

कुन कम्पनीको कति पोलिसी सरेण्डर ?
सिंहदरबार संवाददाता
२०७९ श्रावण २७, शुक्रबार १४:२५
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले जीवन कम्पनीहरुलाई अभिकर्ता सहितको पोलिसी सरेण्डरको तथ्यांक मागेको छ । समितिले सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै ५० लाख रुपैयाँभन्दा बढीका पोलिसी सरेण्डरमा अभिकर्ता सहितको तथ्यांक एक साताभित्र पठाउन ताकेता लगाएको हो ।

पछिल्लो समय नियोजित बीमा पोलिसी सरेण्डर बढ्दै गएपछि कम्पनीहरुसँग सरेण्डर सहित सो विजनेश ल्याउने अभिकर्ताको समेत तथ्यांक मागिएको बीमा समितिका एक अधिकारीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘एउटै कम्पनीले ५ अर्ब बढीको पोलिसी सरेण्डर गरेर बीमितलाई पैसा फिर्ता दिएको छ, भने कमिशनकको लोभमा अभिकर्ताले एउटा कम्पनीबाट सरेण्डर गराएर अर्को कम्पनीमा बीमा गराएको पनि प्रसस्त पाइएको छ,’ समितिका ती अधिकारीले सिंहदरबारसँग भने, ‘सरेण्डरको बिषयमा पुरानो व्यवस्था परिवर्तन गरी नियोजित सरेण्डर रोक्न समितिले तथ्यांक मागेको हो ।’
बीमा पोलिसी सरेण्डरमा एकल बीमा पोलिसीको हिस्सा बढी देखिएको समितिको प्रारम्भिक अध्ययनले देखाएको हुँदा सोही बीमा पोलिसी सरेण्डरको नीति संसोधन गर्न ५० लाख रुपैयाँभन्दा बढीकाे पोलिसी सरेण्डर तथ्यांक मागिएको उनले जानकारी दिए ।

समितिले २०७७ चैत २४ गते एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरेको थियो । तर, कम्पनीले व्यवसायको आकार बढाउन र अभिकर्ताले कमिशन कमाउने अस्त्र एकल बीमा पोलिसीलाई बनाएको निष्कर्ष निकाल्दै नीति परिवर्तन गर्न लागिएको समिति स्रोत बताउँछ ।

‘सरेण्डर केस भनेको एकल बीमा मै बढी हुन्छ, तथ्यांक प्राप्त भएपछि नै एकिन हुन्छ, एकल बीमामा कम्तीमा ५ वर्षसम्म सरेण्डर गर्न नपाउने र अभिकर्ताले एउटै बीमितलाई मल्टिपल कम्पनीमा बीमा गराएर सरेण्डर गर्न नपाउने व्यवस्था बारे अध्ययन हुँदैछ ।’ समितले नयाँ नीति ल्याउँदा सरेण्डर भ्यालु समेतको व्यवस्था गरिने स्रोतको भनाइ छ ।

गत आर्थिक वर्षमा १९ जीवन बीमा सम्पनीले कुल १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बढीको ८१ हजार ८ सय ६० वटा बीमा पोलिसी सरेण्डर गरेका थिए । जसमध्ये २ वटा कम्पनीले १ अर्ब माथि, ३ वटाले ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म, ७ वटाले १० करोडदेखि ५० करोड रुपैयाँसम्म र ७ वटाले ५ करोड रुपैयाँभन्दा कम बराबरको बीमा पोलिसी सरेण्डर गरेका थिए ।

जसमा नेपाल लाइफले नै ५ अर्ब रुपैयाँ बढीको पोलिसी सरेण्डर गरेको थियो भने लाइफ इन्स्योरेन्स कर्मोरेसन (एलआइसी) ले करिब ३ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेको हो । साथै सो अवधिमा सबैभन्दा कम आइएमई लाइफले २ करोड ४० लाख २८ हजार बराबरको ३ सय २४ वटा बीमा लेख सरेण्डर गरेको थियो ।

कुन बीमा कम्पनीको कति पोलिसी सरेण्डर

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार गत आवमा सबैभन्दा बढी पोलिसी सरेण्डर नेपाल लाइफ इन्स्योरेन्समा भएको छ । गत आवमा सरेण्डर भएका कुल बीमा पोलिसीमा नेपाल लाइफको हिस्सा नै ३२.५० प्रतिशत छ । कम्पनीको गत आवमा ५ अर्ब १ करोड ४४ लाख रुपैयाँ बढीका २६ हजार ६ सय ३ वटा पोलिसी सरेण्डर भएका हुन् । बजार हिस्साको आधारमा नेपाल लाइफ पछि सबैभन्दा बढी पोलिसी सरेण्डर गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको भने संख्याको आधारमा राष्ट्रिय बीमा संस्थान रहेको छ ।

समीक्षा अवधिमा एलआइसीले २ अर्ब ९३ करोड ३६ लाख रुपैयाँ बढीको ९ हजार ८ सय ६३ पोलिसी सरेण्डर गरेको हो । कम्पनीबाट भएका पोलिसी सरेण्डर बजार हिस्सामा १२.६७ प्रतिशत हो
राष्ट्रिय बीमा संस्थानमा गत आवमा ८६ करोड ५५ लाख रुपैयाँ बढीका १६ हजार ९१७ पोलिसी सरेण्डर भएका छन् । कम्पनीको पोलिसी सरेण्डर बजारको २०.६७ प्रतिशत हिस्सा हो ।

यस्तै, गत आवमा नेशनल लाइफको ८५ करोड ९७ लाख रुपैयाँ बढीको ७ हजार ५ सय ६६ वटा बीमा पोलिसी सरेण्डर भएका छन् । साथै, सो अवधिमा एसिएन लाइफको ५८ करोड ९० लाख बबढीको ७ हजार ३६३ वटा, मेट लाइफको ३६ करोड ९ लाख बढीको ३ हजार ३५७ वटा, प्राइम लाइफको १९ करोड ९४ लाअ बढीका २ हजार ९५० वटा, गुराँस लाइफको ३९ करोड ६ लाख रुपैयाँ बढीका १ हजार ८५९ वटा र सुर्या लाइफको २६ करोड ७० लाख रुपैयाँ बढीका १ हजार ५९६ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् ।

समितिद्वारा प्राप्त तथ्यांकअनुसार गत आवमा रिलायबल लाइफको २ करोड ७४ लाख बढीमा ७ सय १३ वटा, ज्योती लाइफको ६ करोड ४६ लाख बढीको ४ सय ७७ वटा, रिलायन्स लाइफको १४ करोड ८१ लाख बढीमा ४ सय ५५ वटा, महालक्ष्मी लाइफको ६ करोड ४१ लाख रुपैयाँ बढीका ३ सय ६४ वटा र युनियन लाइफको १० करोड ८८ लाख रुपैयाँ बढीको ३ सय ५३ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् ।

साथै, सो अवधिमा सिटिजन्स लाइफको ३ करोड १४ लाख रुपैयाँ बढीको ३ सय ३७ वटा, आइएमई लाइफको २ करोड ४० लाख रुपैयाँ बढीको ३ सय २४ वटा, प्रभु लाइफको १४ करोड ७७ लाख बढीको २ सय ८६ वटा, सन नेपालको २ करोड ४५ लाख रुपैयाँ बढीको २ सय २६ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्