Shikhar Insurance

‘नेप्सेले भन्दा राम्रो सेवा र नयाँ मार्केट खोज्ने सर्तमा अर्काे स्टकलाई लाइसेन्स दिँदा हुन्छ’

डा. गोपाल भट्ट
२०७९ श्रावण २९, आईतवार २०:३७
NIMB
Nabil Bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर नियमावली संसोधन गरेको छ, जसले नयाँ ब्रोकरहरुलाई लाइसेन्स लिन सहज बनाईदिएको छ । अहिले नयाँ ब्रोकर, नयाँ स्टक, कमोडीटी एक्सचेञ्जको लाइसेन्स दिने लागिएको भन्ने पनि चर्चा छ । त्यसैलाई सहज बनाउने गरि घट्नाक्रमहरु विकासित भैरहेका छन् ।

यतिबेला नयाँ ब्रोकर कम्पनी ल्याउने विषय पक्का भइसक्यो । पछिल्ले समय नयाँ स्टकको पनि चर्चा छ । नयाँ स्टकको सन्दर्भमा यो स्पष्ट हुनु पर्यो कि नेपाल कति ठूलो देश छ ? नेपालकोे अर्थतन्त्रको आकार कत्रो छ ?

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ स्टक एक्चेन्ज चाहिने भनेको दुई वटा कारणले हो । पहिलो भनेको भइरहेको स्टकले पर्याप्त तरलता पाएका छैन र वास्तविक मूल्य पाएको छैन् भने अर्को स्टक ल्याउनु पर्छ ।

स्टकको काम भनेको एउटा तरलता दिने हो । तपाईसँग भएको फाइनान्सियल इन्स्टु«मेन्ट, बन्ड हुन या डेरिभेटिभ इन्स्टु«मेन्ट हुन् । त्यसलाई स्टकले लिक्यूडिटी दिने काम गर्छ । लगानीकर्ताले चाहेको बेलामा खरिद बिक्री गर्न सक्ने गरि इन्स्टु«मेन्टहरु स्टकले बजारमा ल्याउने काम गर्नु पर्छ । स्टकले त्यस्ता इन्स्टु«मेन्टमार्फत् बजारमा आउने लिक्यूडिटीको मुल्य सकभर सस्तो बनाउने वातावरण बनाउनु पर्छ ।
घर जग्गाको पनि लिक्यूडिटी हुन्छ तर ब्रोक्रेज मुल्य धेरै हुँदा तत्काल बिक्री गरेर जान्छु भन्दा समस्या हुन्छ । तर, स्टक एक्सचेञ्जमा भने फाइनान्सियल इन्स्टु«मेन्टहरुमा खरिद र बिक्री गर्ने ग्राहकको ओइरो लागेको हुन्छ ।

दास्रो भनेको स्टक एक्सचेञ्जले वास्तविक मुल्य निर्धारण गर्न सक्नु पर्ने हुन्छ । माग आपुर्ति, कम्पनीको ग्रोथ, लगायत लगानीकर्ताले खरिद गर्न खोजेको कम्पनीको वास्तविक सेयर मुल्य निर्धारण गर्न सहयोग गर्ने काम स्टकले गर्नु पर्छ । यस्तो काम अहिलेको नेपाल स्टक एक्सचेञ्जले गरिरहेको छ÷छैन ? पहिलो प्रश्न भनेको यो हो । अहिलेको नेप्सेले यी काम गरिरहेको छैन भने नयाँ स्टक ल्याउनु नै पर्छ ।

तर, नेपालको स्टक एक्सचेन्जले मूल्य वास्तविक मूल्य निर्धारण गर्न सकिरहेको छ ? नयाँ स्टक एक्सचेन्ज आयो भने त्यसले दिने सेवा के हो त ? यसको भन्दा के फरक सेवा दिने हो ? भन्ने प्रश्न महत्वपुर्ण हुन्छ । यदि अर्को स्टक एक्सचेन्ज आउँदा नेप्सेले भन्दा गुणस्तरिय सेवा, ट्रान्जेक्सन शुल्क घटाउँछ, आउट रिज बढाउँछ, लगानीकर्ताहरुलाई वास्तविक मूल्य रिकोभरी मेकानिजमा यसले अझ बढी सहयोग गर्छ र नयाँ प्रविधि दिन्छ भने नयाँ स्टक ल्याउने विषय स्वागत योग्य छ ।

तर, महत्वपूर्ण कुरा यी नै कम्पनीहरुलाई सूचीकृत गर्ने ल्याउने हो कि नयाँ कम्पनीहरु पनि थप्ने हो त ? नयाँ स्टकमा आउने कम्पनीहरु जो नेप्सेको भन्दा फरक कम्पनीहरु हुन्छन् भने ठिक छ । तर, अहिले सूचीकृत भइसकेकै बैंक वित्तीय संस्था, बीमा कम्पनी र हाइड्रो कम्पनीहरु लगेर म पनि लिस्टिङ गर्छु भनेर नयाँ स्टक आउने हो भने पुरानो स्टककै क्षमता बढाउनतर्फ काम गर्नु पर्छ ।

नेप्से इतिहास बोकेको स्टक हो । यसलाई नै निजीकरण गर्न तर्फ काम गर्दा पनि हुन्छ । नेप्सेलाई नै नयाँ प्रविधिका साथ अपग्रेड गराउँदै यसको रिफर्म एजेन्डालाई स्वीकार गर्दा पनि हुन्छ । तर हालसम्मका गतिबिधीले नेप्सेमा तत्कालै ठूलो सुधारको सम्भावना देखिन्न । भारत जस्तो ठुलो अर्थतन्त्र भएको देशमा २ वटा स्टक एक्सचेन्जले काम गरिरहेका छन् । ठुलो भनेको एउटा मुम्बईमा भएको बम्बई स्टक एक्सचेन्ज, एउटा नेश्नल स्टक एक्सचेन्ज गरी २ वटा मात्रै हो ।

विश्वमा धेरै ठुला अर्थतन्त्र भएका देशहहरुमा पनि १।२ वटा स्टकहरुले मात्रै काम गरेका छन् । नेपाल स्टकले पुँजी बजार र समग्र अर्थतन्त्रको आवश्यकता अनुसार काम गर्न नसकेकै हो भन्ने निष्कर्ष हो भने नयाँ स्टक ल्याएर नेपाल स्टकले गर्न नसकेको काम गराउनु पर्छ । नयाँ स्टकले बजारमा पर्याप्त इन्स्टु«मेन्टहरु ल्याउनु सक्ने ग्यारेन्टी गर्नुपर्छ । लिक्यूडिटी दिन सफल हुनुपर्छ, कारोबार शुल्क घटाउन सक्नुपर्छ, नयाँ प्रविधि ल्याउने ग्यारेन्टी गर्नुपर्छ ।

नयाँ स्टक ल्याउनु अघि नेप्सेलाई के गर्ने ? यसको व्यवस्थापन के हुन्छ ? त्यो पनि एकिन गरिनु पर्छ ।

कुनै पनि कुरा प्रतिस्पर्धी बनाउनका लागि नेपालको क्यापिटल मार्केटको माग के हो ? त्यो एकिन गरिनुपर्छ । हामीलाई प्राइभेट स्टक एक्सचेन्ज चाहियो भन्नुका आधारहरु स्पष्ट रुपमा आउनुपर्छ । मार्केटले नै माग गरेको हो भने नयाँ स्टक ल्याउने विषय जायज छ ।
अहिले नेप्सेमा सूचिकृत कम्पनीहरुलाई सूचिकृत गराउने हो भने नयाँ स्टकको आवश्यकता नहुन सक्छ । तर नयाँ इन्स्टु«मेन्ट खोज्ने, पुँजी र प्रविधि भित्र्याउने हो भने नयाँ स्टक आवश्यक हुन्छ ।

हालसम्म नेप्सेमा २३० वटा कम्पनीहरु सूचीकृत छन् । त्यसमा फाइनान्सियल सेक्टरकै कम्पनीहरु बढी छन् । ति नै कम्पनीहरुलाई पुरानो स्टकमा पनि र नयाँ स्टकमा पनि सुचीकृत गर भन्न हुन्न । त्यसो हुँदा स्वस्थ भन्दा पनि अस्वस्थ प्रतिस्पर्धा हुन सक्छ । नयाँ स्टक आएर नेप्सेको भन्दा गुणस्तरिय सेवा दियो, ट्रान्जेक्सन शुल्क पनि घटायो भने स्वभाविक रुपमा नयाँ स्टकको विजनेश राम्रो हुन्छ र नेप्से सुक्छ ।

यसले नेप्सेलाई पनि प्रतिस्पर्धी बन्न बाध्य पार्छ । नयाँ कम्पनी आउने हुन्, नयाँ स्टकले नयाँ कारोबार हुने कम्पनीहरु रियल सेक्टरका कम्पनीहरुलाई ल्याउने ग्यारेन्टी गर्छ भने नयाँ स्टक ल्याउनै पर्छ ।

बैंकिङमा पनि सरकारी स्वामित्वका वाणिज्य बैंकहरु निजी लगानीका वाणिज्य बैंकहरु आएपछि नै प्रतिस्पर्धी र क्षमतावान भएका हुन् । तर, उनीहरुलाई प्रतिस्पधी हुने मौका दिएर नै सोही अनुसारको प्रविधि भित्र्याएर काम गर्न समय दिइएको थियो । नेप्सेले पुँजी बजारको आवश्यकता अनुसार काम गर्न सकेन भने यसलाई काम नलाग्ने करार गरेर नै नयाँ स्टक एक्सचेञ्ज ल्याउनु पर्छ ।  (नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका अर्थ विद डा. भट्टसँग सिंहदरबारले गरेको कुराकानीको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्