Shikhar Insurance

१३ बीमा कम्पनीले मर्जरपछि एकिकृत कारोबारको मिति तोके, कस्को कहिले ?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १२, आईतवार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । मर्जर प्रक्रियामा रहेका १३ वटा बीमा कम्पनीहरुले एकिकृत कारोबारको मिति तोकेका छन् । बीमा समितिले पुँजी वृद्धिको योजनासँगै मर्जरमा जोड दिएपछि बीमा कम्पनीहरुले धमाधम एमओयु गरेका थिए । त्यसरी एमओयु गर्ने कम्पनीहरुले एकिकृत कारोबार गर्ने मिति तय गरेर बीमा समितिलाई आफ्नो योजना बुझाएका छन् ।

बीमा समितिले २०७८ चैत १० गतेको सञ्चालक समिति निर्णय मार्फत २०७९ चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले दुर्य अर्ब ५० करोड चुक्ता पुँजी कायम गरिसक्नुपर्ने भनेको थियो । त्यसरी पुँजी वृद्धि गर्दा हकप्रद सेयरको सिमा भने अधिकतम २५ प्रतिशत मात्रै हुनुपर्ने बीमा समितिको नियम छ । बोनस सेयर वा मर्जरबाट मात्रै पुँजी पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि बीमा कम्पनीहरु मर्जरका लागि तयार भएका थिए । हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँ अनिवार्य छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कसको कहिले ?
सुर्या लाइफ र ज्योति लाइफले कात्तिक १ गते एकिकृत कारोबार गर्ने योजना बनाएका छन् । गुराँस, युनियन र प्राइम लाइफले पनि कात्तिक १ गतेदेखि नै एकिकृत कारोबार गर्ने कार्ययोजना पेश गरेका छन् । स।ानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार गर्ने भनेका छन् । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले माघ १६ गतेका लागि साइत जुराएका छन् भने रिलायन्स र सानिमा लाइफले पुस२९ गतेदेखि एउटै कम्पनी बन्ने तय गरेका छन् ।

सगरमाथामा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले भने एकिकृत कारोबारको मिति चैत १ गतेका लागि तोकेका छन् । १३ वटा कम्पनी मर्जरमा गएर ६ वटा बन्नेछन् । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरिदिएको छ ।

मर्जरमा नगई सुखै छैनः अध्यक्ष सिलवाल
बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले मर्जरमा नगई सुख नपाउने बताएका छन् । न्युन पुँजीमा उच्च जोखिम बोकेर व्यवसाय गरिरहेका बीमा कम्पनीहरुका लागि मर्जर नै उपयुक्त विकल्प भएकाले आफुले मर्जरका लागि प्रेरित गरेको बताए । कम्पनीहरु मर्जरमा जाँदा लगानीकर्तालाई उचित प्रतिफल प्राप्त हुनुका साथै बीमितहरुले समेत राम्रो बोनस तथा दावी भुक्तानी पनि सहज हुने बताए । नियामकलाई नियमन गर्न समेत सहज हुने र बीमा क्षेत्रमा सुशासन बढाउन पनि सहयोग पुग्ने उनको दावी छ ।

मर्जरमा जाने बीमा कम्पनीको कर्मचारी ब्यवस्थापनमा समितिको हस्तक्षेप, बैंकमा जस्तो घटुवा नहुने

कर छुटको लोभले महिना दिनमै २१ बैंक/बीमा कम्पनी मर्जरको बाटोमा, डिमर्जरकाे जोखिम बढ्दाे

बीमा समितिले बढायो कम्पनीहरुको चुक्ता पुँजीः जीवनले ५ अर्ब र निर्जीवन साढे २ अर्ब रुपैयाँ

GBIME

प्रतिक्रिया दिनुहोस्