Shikhar Insurance

ङादी ग्रुपले सर्वसाधारणको साढे १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्दै

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । ङादी ग्रुप पावरलको साढे १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तर्फको १२ लाख ५७ हजार २ सय ९० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सो सेयर असोज २ गते बाट बिक्री खुल्ला हुनेछ ।

लगानीकर्ताले सेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म बिक्रीका लागी राखेको सो सेयरमा प्रर्याप्त आवेदन नपरेकाले पुनश्च बिक्री खुल्ला गर्न लागेको हो । सो सेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी,संघ,संस्थाले असोज २ गतेबाट असोज १३ गतेसम्म बोलकबोल पेश गर्न सक्नेछन् ।

सेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी,संघ,संस्थाल बोलपत्र फारम सिद्धार्थ क्यापिटल नक्साल काठमाडौं र सिद्धार्थ बैंकका शाखा कार्यालयहरुबाट लिन सकिनेछ । सेयर खरीदकर्ताले १०० रुपैयाँ भुक्तानी गरी बोलपत्र फारम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्