Shikhar Insurance

टेलिकममा ‘वर्ल्ड कप काण्ड’: ‘निजी कम्पनी’ पोस्न २ करोड नउठ्ने ठाउँमा २४ करोड लगानी

सिंहदरबार संवाददाता
२०७९ आश्विन १, शनिबार १२:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकममा २४ करोडको वर्ल्ड कप काण्ड मच्चिएको छ । टेलिकमका प्रबन्ध निर्देशक(एमडी) सुनिल पौडेलको योजनामा मंसिर ४ गतेदेखि सुरु हुने विश्व कप फुटबलको प्रत्यक्ष प्रशारण सम्बन्धी निर्णय मार्फत २४ करोडको काण्ड मच्चिएको हो । सञ्चालक समितिलाई समेत आफ्नो योजना अनुसार चलाउन सक्ने क्षमता भएको भनिएका एमडी पौडेलको सो निर्णयले टेलिकमको हित नगर्ने भन्दै कर्मचारी युनियनहरु संगठित प्रतिवादमा उत्रिएका छन् ।

‘यो कहिँ बिक्रि नभएको कार्यक्रम टेलिकममा ल्याईएको हो, मिडिया हबले किनेको थियो, कसैलाई बेच्न सकेन, अहिले टेलिकमलाई डुबाउने खेल भैरहेको छ ।’, नेपाल दुर सञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव मणि कुमार पोखरेलले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्व कपको प्रशारण अनुमति सम्बन्धी यो योजनामा टेलिकमले २४ करोड खर्च गरेर २ करोड आम्दानी समेत गर्न नसक्ने पनि उनले दावी गरे ।
‘टेलिकमले एफटिटिएच मार्फत टिभी सेवा दिईरहेको छ । अहिले मोबाइलबाटै विश्व कप हेर्न पाउने भनिएको छ । लगानी गरेपछि रिटर्न आउनुपर्छ । २४ करोड लगानी गर्दा २ करोड पनि आम्दानी नहुने अवस्था आएको छ ।’, पोखरेलले भने ।

उनले निजी कम्पनीले घाटा व्यहोर्नुपर्ने अवस्था आएपछि राजनीतिक दबावमा टेलिकमलाई भिडाईएको आरोप पनि लगाए । ‘मिडिया हबले जिम्मा लिएको रहेछ, नेपालमा बेच्न नसक्ने देखिएपछि टेलिकमलाई जिम्मा लगाउन खोजिएको छ, नेपाली माटो र नागरिकको पसिनाबाट बनेको टेलिकमलाई डुबाउन दिँदैनौं ।’, पोखरेलले भने ।

युनियनहरुले व्यवसायीक योजनाको नाफा घाटा सम्बन्धी कुनै अध्ययन नै नगरि एनटी टिभिमा ओटिटि मार्फत प्रत्यक्ष प्रशारण गर्न सैद्धान्तिक सहमति दिने भदौ २४ गतेको सञ्चालक समिति बैठक निर्णय नै त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेका हुन् ।

युनियनहरुले आवश्यक अध्ययन नगरि २४ करोड लागतको प्रत्यक्ष प्रशारण सम्बन्धी निर्णयले टेलिकमलाई दिर्घकालिन रुपमै अहित हुने पनि बताएका छन् । यति ठूलो व्यवसायीक निर्णय गर्दा आवश्यक परामर्श तथा प्रतिष्पर्धा समेत नगरिएकाले सो निर्णयमा पुनर्बिचार गरिनुपर्ने कर्मचारी संगठनहरुको माग छ ।

उनीहरुले भनेका छन्–‘नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

टेलिकमका क्रियाशिल काँग्रेस, एमाले, माओवादी लगायतका दल निकट सबै कर्मचारी संगठनको नेतृत्वहरुले सामुहिक रुपमा एमडी पौडेलाई शुक्रबार ज्ञापन पत्र बुझाएका थिए ।

श्रीमान् प्रवन्ध निर्देशक ज्यू नेपाल टेलिकम,
केन्द्रीय कार्यालय, काठमाण्डौं ।

मितिः २०७२।०५।३१

विषयः ध्यानाकर्षण ।

आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रशारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्नको लागि मिति २०७९ भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकबाट सैद्धान्तिक सहमति दिएको भन्ने जानकारी प्राप्त हुन आएकोमा तत्सम्बन्धी केही प्रश्न/जिज्ञासाहरु उत्पन्न भएका र सोको स्पष्ट निराकरणका आधारहरु प्राप्त हुन नसकेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।

उक्त विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको FIFA World Cup 2022 प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको Screen Size प्राथमिकता, NTTV संग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वहरुको वस्तुपरक विश्लेषण सहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सवैले स्विकार्नु पर्दछ ।

तसर्थ करीव २४ करोडको लागत सहित व्यापारिक योजनाको लागत संरक्षण र सोको Rate of Return को स्पष्ट आधार एवं IT क्षेत्रको सेवाको एProxy Server मार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकहरु समेतबाट सोको प्रशारणबाट अपेक्षित व्यापार हुन सक्ने/नसक्ने यथार्थलाई तथ्यगत रुपमा Calculation गरेर यस्तो व्यापार गर्नु वाञ्छनीय हुनेछ । अन्यथा नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष हार्दिक अनुरोध गर्दछौं ।

यस्ता प्रस्तावहरुमा सरोकारवालाहरु विच व्यापक छलफल गरि निर्णय गर्न र यस प्रस्तावमा लगानि अनुरुपको प्रतिफल प्राप्त हुने सुनिश्चितता अध्ययन नगरि उक्त विषय अगाडि नबढाउन हुन सम्बन्धित पक्षमा गम्भीर ध्यानाकर्षण गर्दछौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्