Shikhar Insurance

ब्याजदर बढ्यो भनेर आत्तिनु पर्दैन, त्यो अस्थायी हो अब घट्छः डेपुटी गभर्नर मिश्र

सिंहदरबार संवाददाता
२०७९ आश्विन १२, बुधबार २२:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ब्याजदर वृद्धि अस्थायी भएको र चाँडै घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको बार्षिक जर्नल अर्थचित्र बिमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको बताएका हुन् । ब्याजदर वृद्धि अस्थायी रहेको भन्दै उनले नआत्तिन पनि आग्रह गरे । ‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड नै हो, यो अस्थायी हो, धेरै आत्तिनु पर्दैन,’ मिश्रले भने ।

अहिले संसाभर ब्याजदर बढाउने ट्रेण्ड चलेको बताउँदै उनले नेपालमा पनि सामान्य प्रकृतिबाटै ब्याजदर बढेको दावी पनि गरे । ‘विश्वका सबल भनिएका मुलुकहरु पनि अहिले ब्याजदर बृद्धिको अवस्थामा छ, नेपालमा पनि त्यसकै रिफ्लेक्सन स्वरुप ब्याजदर बढेको हो ।’, मिश्रले भने ।
उनले नेपाली अर्थतन्त्रको मुल प्राणका रुपमा रहेको रेमिटेन्स आउने क्रम बढ्न थालेका पनि केहि खुसी हुनुपर्ने अवस्था बन्न थालेको पनि बताए । आत्म निर्भरको कुरा गर्दा कृषि र पर्यटनबाट धेरै आशा गर्न सकिने उनले बताए । पछिल्लो समय हिमाल आरोहण गर्न आउनेहरुको संख्या बढेको सूचना आएको र त्यसबाट पनि उत्साहित भएको उनको भनाई छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आन्तरिक उत्पादन अभिवृद्धिसँगै आयात प्रतिस्थापनमा पनि जोड दिनुपर्ने बताए । ‘आत्मनिर्भर अर्थतन्त्र बनाउनु भनेको आयात घटाउनु पनि हो, त्यसका लागि आफैंले उत्पादन गरेर खान सकियो भने धेरै सहज हुन्छ’, मिश्रले भने । उनले चिन र भारत जस्ता बिशाल बजारहरुको बीचमा रहेको नेपालले आफ्ना उत्पादनहरु कहाँ बेच्ने भन्ने चिन्ता लिनै नपर्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्