Shikhar Insurance

लघु बीमा कम्पनीका लागि ३१ आवेदन, नामावली सहित

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । लघु बीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा  आवेदन परेका छ्न । बीमा समितिले भदौ ५ गते लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो । आवेदन दिने अन्तिम दिन असोज १३ गते अपरान्ह १२ बजे भित्र ३१ वटा आवेदन परेको हो । समितिको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो ।

समितिले प्रदेशमा केन्द्रिय कार्यालय रहनुपर्ने व्यवस्थासहित ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेर लघु बीमा कम्पनीलाई लाइसेन्स दिने भनेको छ । समितिले जीवन र निर्जीवन गरि सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिने सूचनामा उल्लेख गरेको छ । लघु बीमा कम्पनीहरुले चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत रकम संस्थापकहरुले राख्नुपर्ने भनेको छ । ३० प्रतिशत हिस्सा भने सर्वसाधारणका लागि हुनै पर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नामावली सहित

GBIME

प्रतिक्रिया दिनुहोस्